बिहीबार , साउन २१ गते २०८३

त्रिभुवन विश्वविद्यालयले कक्षा सञ्चालन सम्बन्धि अत्यन्तै जरुरी सूचना

त्रिभुवन विश्वविद्यालयले कक्षा सञ्चालन सम्बन्धि अत्यन्तै जरुरी सूचना

अखबार दैनिक
मंगलबार, मंसिर १६ २०७७
  • त्रिभुवन विश्वविद्यालयले कक्षा सञ्चालन सम्बन्धि अत्यन्तै जरुरी सूचना

    मंसिर १६,

    त्रिभुवन विश्वविद्यालयले कक्षा सञ्चालन सम्बन्धि अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ ।

    त्रिविले विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) को नेपालमा सम्भावित जोखिम नियन्त्रणका लागि विशेष सचेतना अपनाई पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्न आवश्यक रहेकोले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पस, विभाग, स्कूलहरुमा सञ्चालित नियमित कक्षा तथा परीक्षालगायत सम्पुर्ण शैक्षिक गतिविधि स्थगित गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस, विभाग, स्कूलहरुमा अनलाइनमार्फत इ–कक्षाहरु सञ्चालन गर्ने व्यवस्था गर्दै आइएकोमा हाल कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अबलम्बन गर्ने ।

    साथसाथै परीक्षा सञ्चालनको व्यवस्था गरिएको र बन्द अवस्थामा रहेका क्याम्पस, विभाग, स्कुलहरूको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस, विभाग, स्कूलहरूले स्थानीय निकायले तोकेको र मापदण्ड भित्र रहने गरी विस्तारै निकायहरुसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी एवम् सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालन गर्ने र यसो गर्न सम्भव नभए अन्य विधिको प्रयोग गरी नियमित कक्षा सञ्चालनको व्यवस्था गर्न गराउन कार्यकारी परिषदको निर्णय अनुसार सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

    128587837_152020939947644_6082198347268177631_n.png

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार