बिहीबार , साउन २१ गते २०८३

बाह्र पछि कानुनमा स्नातक कसरी अध्ययन गर्ने त ?

बाह्र पछि कानुनमा स्नातक कसरी अध्ययन गर्ने त ?

अखबार दैनिक
बुधबार, मंसिर १७ २०७७
  • बाह्र पछि कानुनमा स्नातक कसरी अध्ययन गर्ने त ?

    मंसिर १७,

    प्राविधिक शिक्षा अन्तर्गत हाल देशभर +2 तहमा कानुनी शिक्षाको अध्ययन अध्यापन तीव्र रुपमा बढिरहेको अवस्था छ । कानुनी शिक्षाप्रति विद्यार्थीको मोह र आकर्षणका कारण हाल देशका विभिन्न क्षेत्रमा कानुनी शिक्षा माध्यमिक तहबाट नै प्रदान गरिदै आएको छ । तर यसरी माध्यमिक तहमा कानुन बिषय लिएर अध्ययन गरेका विद्यार्थीलाई स्नातक तहमा कानुन बिषय पढ्न के-कस्ता बाटा र माध्यमहरु छन् भन्ने बिषयमा केन्द्रीत रही अखबारदैनिक र न्यू ऐरा लिगल इन्स्िटच्युट एण्ड रिसर्च सेन्टरका सञ्चालन श्री संगम गौतमका बिच कक्षा १२ पछि स्नातक तहमा कानुन अध्ययनका निम्ति त्रिभुवन विश्वविद्यालयले लिने बि.ए.एल एल. बी प्रवेश परीक्षामा केन्द्रीत रही भएको टेलिफोन कुराकानीको सम्पादित विवरण : -

    १) बि.ए.एल एल. बि कस्तो कोर्श हो, बुझाइदिनुस् न ?

    जवाफ:- प्ल्स टु तहमा जुनसुकै बिषय लिइ उत्तीर्ण गरेका विद्यार्थीका निम्ति तयार पारिएको पाँच बर्षे कानुनी शिक्षा नै बि.ए.एल एल बी हो । जसमा कानुन मात्रै नभइ माध्यमिक तहमा अन्य जुनसुकै बिषय पढेका र प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीले समेत आवेद फारम भरी विश्वविद्यालयबाट लिइने प्रवेश परीक्षा उत्तीर्णपश्चात् भर्ना भइ अध्ययन गर्न सक्छन् ।

    २) हजुरको संस्थाको बारेमा जानकारी गराइदिनुस् न ?

    जवाफ:- कानुनी शिक्षामा आबद्ध विद्यार्थी एवम् कानुनी शिक्षा सुधारक उद्देश्यस्वरुप कटिबद्ध विद्वान् अधिवक्ता शिक्षाप्रेमीको संलग्नतामा न्यू ऐरा लिगल इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरको स्थापना भएको हो । काठमाडौंकाे पुतलीसडकमा यसको कार्यालय रहेको छ । मुलत: यो संस्थाले कानुनी खोज , कानुनी लेख प्रकाशनका अलावा कानुनी शिक्षाको प्रचार र साथै स्नातक तहमा कानुनी शिक्षा अध्ययन ( बि.ए.एल एल बि \ एल एल बि ) का निम्ति प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन ; बार काउन्सिल परीक्षा तयारी कक्षालगायतका विभिन्न कानुनी कार्यहरु गर्दै आइरहेको छ ।

    ३) अहिले संस्थाले के-कस्ता कार्यहरू सञ्चालन गर्दै आइरहेको छ ; त्यो पनि बताइदिनुहोस् न ?

    जवाफ:- भर्खरै मात्रै माध्यमिक तहको वार्षिक परीक्षा सम्पन्न भएको अवस्था छ । बिशेष गरि प्ल्स टु पछि स्नातक तहमा कानुन अध्ययन गर्न इच्छुक विद्यार्थीलाई मध्यनजर गर्दै अनलाइन माध्यमबाट प्रवेश तयारी कक्षा सञ्चालन गर्दै आइरहेको छ ।

    ४) भौतिक रुपमा प्रवेश तयारी कक्षा सञ्चालनकाे तयारी अथवा सम्भावना के कत्तिको रहेको छ ?

    जवाफ:- भर्खरै मात्रै त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले सम्भव भएसम्म उचित सुरक्षा मापदण्ड अपनाएर भौतिक उपस्थितिमा नै कक्षा सञ्चालनका निम्ति सुचना प्रकाशन गरेको भएतापनि अहिले तत्काल विद्यार्थी उपत्यका आउनसक्ने स्थिति नभएको हुदा सम्भवतः पौष दोस्रो साताबाट भौतिक रुपमा तयारी कक्षा सञ्चालन गर्ने संस्थाको तयारी छ ।

    ५) प्ल्स टु पछि स्नातक तहको प्रवेश परीक्षा लगभग कहिले सञ्चालन होला केही भन्न सक्नुहुन्छ ?

    जवाफ:- एक सुत्रका अनुसार भर्खरै सम्पन्न माध्यमिक तहको परीक्षाफल प्रकाशन पश्चात् करीब एक डेढ महिनाभित्र प्रवेश परीक्षा सञ्चालन हुने कुरा जानकारीमा आएको छ ।

    ६) अन्तमा भर्खरै परीक्षा सकेर बसेका र बि.ए.एल एल बी अध्ययनकाे तयारीमा बसेका विद्यार्थीलाई के भन्न चहानुहुन्छ ?

    जवाफ:- हाल संस्थाले अनलाइन माध्यमबाट प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गरिरहेको छ । कक्षा बाह्रको परीक्षाका कारण बिचमा केही समय स्थगित भएको भएतापनि यहीँ मंसिर-२१ बाट नयाँ भर्नासहित कक्षा निर्बाध रुपमा सञ्चालनमा आउनेछ । भर्खरै सम्पन्न परीक्षाको परीक्षाफल प्रकाशन पश्चात् भौतिक उपस्थितिमा कक्षा सञ्चालनमा आउने हुदा अहिलेको अवस्थामा यथा-स्थानमा सुरक्षित तवरले रही तयारी गर्नुस् भन्न चहान्छु । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार