बिहीबार , साउन २१ गते २०८३

झापामा एलपी ग्याँस र पेट्रोलियम पदार्थको भण्डारण विस्तार गरिँदै

झापामा एलपी ग्याँस र पेट्रोलियम पदार्थको भण्डारण विस्तार गरिँदै

अखबार दैनिक
शुक्रबार, मंसिर १९ २०७७
  • झापामा एलपी ग्याँस र पेट्रोलियम पदार्थको भण्डारण विस्तार गरिँदै

    मंसिर १९,

    नेपाल आयल निगमले झापामा एल.पी ग्याँस र पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार गर्ने भएको छ । ४० हजार किलोलिटरको पेट्रोलियम पदार्थ र ४ हजार मेट्रिक टनको एल.पी. ग्याँस क्षमताको भण्डारण विस्तार गर्न लागिएको निगमले जनाएको छ ।

    आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले सरकारको आर्थिक वर्ष २०७६/०७७ को नीति अनुसार निगमले सिलिगुडी–झापा पेट्रोलियम पाईपलाईन परियोजना तथा एल.पी.जी भण्डारणका साथै ‘बोटलिङ प्लाण्ट’ निर्माण गर्न लागेको जानकारी दिनुभयो । उपाध्यायका अनुसार प्रदेश नम्बर १ को मागलाई आपूर्ति गर्न ९० दिनको भण्डारण परियोजनाको कार्य सुरु गरिएको छ।

    परियोजना अन्तर्गत आयल निगमको झापामा रहेको जग्गामा ४० हजार किलोलिटर क्षमताको भण्डारण र सिलिगुडीबाट झापा पाईपलाईन जोड्ने परियोजनाको खाका तयार भइसकेको पनि निगमले जनाएको छ । पाईपलाईन सर्भे कार्य नेपाल आयल निगम तथा भारतीय आयल कर्पोरेसनबाट संयुक्त रुपमा सम्पन्न भइसकेको छ ।

    परियोजनाको कार्यसँगै करिब ४ हजार मेट्रिक टनको एल.पी. ग्याँस भण्डारण तथा एल.पी.ग्याँस बोटलिङ प्लाण्ट निर्माण गर्न अन्तर्राट्रिय परामर्शदातासमेत नियुक्त भइसकेको र परामर्शदाताबाट काम पनि सुरु भइसकेको बताइएको छ । त्यस्तै, भद्रपुर बिमानस्थलमा निगमद्धारा प्रदान गरिएको ‘रिफ्युलिङ’ सेवामा थप प्रभावकारिता ल्याउन साना एभिएसन परियोजना अन्तर्गत अत्याधुनिक प्रविधियुक्त हजार लिटर क्षमताका दुई भण्डारणयुक्त ट्यांकमार्फत ‘रिफ्युलिङ’ गर्ने गरी कार्य सुरु भइसकेको प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो ।

    हालसम्म पेट्रोलियम पदार्थको भण्डारण काठमाडौंलगायतका विभिन्न १२ स्थानमा गर्ने गरिएको छ । जसअन्तर्गत विराटनगर, जनकपुर, अमलेखगन्ज, मन्थली पोखरा, भैरहवा, भैरहवा पम्प, नेपालगन्ज सुर्खेत, धनगढी र दिपायल छन् । विराजनगर भण्डारण पेट्रोलियम पदार्थ क्षमताको अवस्था पेट्रोल ५६०, डिजल ८ हजार ९१०, मट्टितेल, २ हजार १७०, र हवाई इन्धन २८० गरी जम्मा ११ हजार ९२० किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ ।

    जनकपुरमा पेट्रोलियम पदार्थ भण्डारण क्षमताको अवस्था पेट्रोल ३० डिजल १४०, मट्टीतेल, ७०, र जम्ममा २४० किलोलिटर मात्र छ । अमलेखगन्ज भण्डारण पेट्रोलियम पदार्थ क्षमताको अवस्था पेट्रोल १ हजार ९३०, डिजल १९ हजार ८ सय , मट्टीतेल, १ हजार ५ सय किलोलिटर गरी जम्मा २३ हजार २३० किलोलिटर भण्डारण क्षमता रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार