बिहीबार , साउन २१ गते २०८३

‘रअु’ प्रमुख भ्रमणको रिजल्ट आइसक्यो : परराष्ट्रमन्त्री ज्ञवाली

‘रअु’ प्रमुख भ्रमणको रिजल्ट आइसक्यो : परराष्ट्रमन्त्री ज्ञवाली

अखबार दैनिक
शुक्रबार, मंसिर १९ २०७७
  • ‘रअु’ प्रमुख भ्रमणको रिजल्ट आइसक्यो : परराष्ट्रमन्त्री ज्ञवाली

    मंसिर १९,

    परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख समान्त गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको भेट अपारदर्शी नभएको बताएका छन् ।

    ‘रअ’का प्रमुख गोयल र प्रधानमन्त्रीको भेटको विषय संसदीय समितिमा समेत छलफलका लागि प्रवेश भएको विषय हो ।

    सत्तारुढ नेकपाकै सांसद भीम रावल तथा प्रतिपक्षी दलका सांसदहरूले समेत गोयल र प्रधानमन्त्री ओलीबीचको भ्रमणबारे प्रश्न गरेपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जवाफ दिएका छन् । p<>मन्त्री ज्ञवालीले सांसदहरू पुरानै कुरामा अडेर बसेको भन्दै सो विषय धेरै अगाडी बढिसकेको र थुप्रै नतिजा पनि आइसकेको बताए । उनले भने ‘सामन्त गोयलको भ्रमणले रिजल्ट ल्याइसक्यो, हामी त्यहीँ अडेका छौं माननीयज्यूहरू,’ उनी रअ प्रमुखका रूपमा नभइ प्रधानमन्त्री (नरेन्द्र मोदी) को सन्देश लिएर आएको बताए ।

    भ्रमण पारदर्शी नभएको भन्दै रावल र कांग्रेस सांसद प्रकाशमान सिंहले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले थपे, ‘कूटनीतिमा यस्ता खालको संयन्त्रहरू, माध्यमहरू प्रयोग हुन्छन् कि हुन्नन् माननीयज्यू ?’

    औपचारिक संवाद हुन नसकिरहेको बेला कूटनीतिमा व्यापारिक, धार्मिक मानिसहरु प्रयोग हुने बताए । ‘नाकाबन्दीको बेला हामीले तत्कालीन सेना प्रमुख राजेन्द्र क्षेत्रीजीलाई पठाएको होइन, हिमालय थापा जानु भएको होइन र ?’ उनले भने । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार