बिहीबार , साउन २१ गते २०८३

राजपुर बम काण्ड : अफताव आलमका भाइ महताव पक्राउ

राजपुर बम काण्ड : अफताव आलमका भाइ महताव पक्राउ

अखबार दैनिक
सोमबार, मंसिर २२ २०७७
  • राजपुर बम काण्ड : अफताव आलमका भाइ महताव पक्राउ

    मंसिर २२,

    करिब एक दर्जन व्यक्तिको ज्यान जाने गरी भएको रौतहट बमकाण्डका मुख्य अभियुक्त पूर्वमन्त्री एवं प्रतिनिधिसभाका निलम्बित सांसद मोहम्मद आफ्ताब आलमका भाइ महताब आलम पक्राउ परेका छन्।

    प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहले महताबलाई पक्राउ गरिएको जानकारी दिएका छन। उनलाई भारतको मोतिहारीबाट पक्राउ गरेर नेपाल ल्याइँदै गरेको प्रहरीले जनाएको छ। भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरिएको हो।

    यसअघि गत जेठ ८ गते राति पनि महताब घर आएको सुराकी पाएपछि प्रहरीले उनको घरमा छापा मारेको थियो। सो क्रममा स्थानीयले छापा मार्न गएको प्रहरीलाई अवरोध गरेपछि एकदर्जन अश्रुग्यास प्रहारसमेत भएको थियो । तर महताब भने पक्राउ परेका थिएनन्। लामो अनुसन्धानपछि महताबलाई पक्राउ गर्न प्रहरी सफल भएको छ।

    पक्राउ परेका महताबले दाइ आफ्ताबको योजनामा सबै काम गरेको प्रहरीले जनाएको छ।

    २०६४ चैत २७ गते रौतहटको राजपुरमा उक्त घटना भएको थियो। घटनामा संलग्न भएको आरोपमा पूर्वमन्त्री तथा सांसद मोहम्मद आफ्ताब आलम अहिले जेलमा छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार