बिहीबार , साउन २१ गते २०८३

मनोन गजुरेलले अर्को बिबाह गर्ने सम्भावना

मनोन गजुरेलले अर्को बिबाह गर्ने सम्भावना

अखबार दैनिक
मंगलबार, मंसिर २३ २०७७
  • मनोन गजुरेलले अर्को बिबाह गर्ने सम्भावना

    मङ्सिर २३,

    काठमाडौं । चर्चित हाँस्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन् ।

    एक टेलिभिजन कार्यक्रम मार्फत गजुरेलले आफूले बिहे गर्न लागेको कुरा सार्वजनिक गरेका छन् ।

    कलाकार गजुरेलले भनेका छन, ‘चाँडै नै तपाईंहरुको शुभकामना, सुझाव, सल्लाह अनुसार मैले मेरो जीवनमा कोही साथी जोड्दै छु । हामी जोडिदै छौं ।’

    दोस्रो विवाह गर्न लागेको बताए पनि को सँग बिहे गर्न लागेको भन्नेबारे उनले नाम भने खुलाएनन् ।

    चाँडै नै बिहे हुने गजुरेलले बताएका छन्। केही व्यवहारिक पाटोको टुङ्गो लगाएपछि बाँकी कुरा सार्वजनिक हुने गजुरेलले बताए ।

    केही समययता गजुरेललाई विवाहका लागि परिवार, आफन्त र साथीभाइले सुझाव दिँदै आएका थिए ।

    एपिवान टेलिभिजनको कार्यक्रम ‘तमसो मा ज्योतिर्गमय’मा गजुरेलले आफ्नो दोस्रो विवाहको प्रसंग यसरी सुनाएका हुन।

    कोरोनाका कारण गम्भीर बिरामी बनेका कलाकार गजुरेल केही दिन अघि मात्र निको भएर घर फर्केका थिए। अक्सिजन लेभल कम भएपछि उनी अस्पतालको आइसीयूमा बस्नुपरेको थियो ।

    हास्य कलाकार गजुरेल र मीना ढकालले ३ बर्ष अघि सहमतिमै सम्बन्ध विच्छेद गरेका थिए।

    श्रीमती ढकालको इच्छाअनुसार नै गजुरेल डिभोर्स गर्न सहमत भएका थिए ।

    २२ वर्ष लामो बैवाहिक जीवनको अन्त्य गर्दै कलाकार गजुरेल र फेसन डिजाइनर रहेकी ढकाल हाल अलग अलग बस्दै आएका छन् ।

    उनीहरुका २३ वर्षका एक छोरा र १६ वर्षकी छोरी छन्। अहिले मीना आफ्नी छोरीसँग बस्छिन् भने मनोज छोरासँग छन्।

    छुट्टिँदा उनीहरुबीच मिडियामा एक-अर्कालाई दोषारोपण नगर्ने सहमति पनि भएको थियो ।

    आपसी समझदारीमा गरिएको पारपाचुकेपछि मीनाले अंशबण्डावापत मनोज गजुरेलबाट ६५ लाख रुपैयाँ पाएकी थिइन् भने उनकी छोरीले ६० लाख रुपैंया प्राप्त गरेकी थिइन्। मीनाले हाल आफ्नै व्यवसाय गर्दै आएकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार