बिहीबार , साउन २१ गते २०८३

पर्यटकीय सम्भावनाको सुन्दर नगरी सुनवल

पर्यटकीय सम्भावनाको सुन्दर नगरी सुनवल

अखबार दैनिक
मंगलबार, मंसिर २३ २०७७
  • पर्यटकीय सम्भावनाको सुन्दर नगरी सुनवल

    मंसिर,२३

    प्रदेश नम्बर पाँच अन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं चार रमवापुरमा स्थित श्रीकृष्ण धाम परिसरमा पछिल्लो समय पर्यटकीय चहलपहल बढ्दो अवस्थामा देख्न सकिन्छ ।

    श्रीकृष्ण धाम परिसरमा निर्मित एकहक्तर फिट अग्लो श्रीकृष्ण मन्दिरको दामोदर स्वरुप मुर्तिको अवलोकन गर्दै पुजापाठ , दर्शन गर्दै फोटो खिच्नेको पनि राम्रै घुइँचो देख्न सकिन्छ ।

    नवलपरासीको सुनवल चोकदेखि करीब एक किलोमिटर पश्चिमी भेगको पुर्व पश्चिम राजमार्गक‌ै छेउमा पर्ने हुँदा पनि यो धाममा आन्तरिक तथा बाह्य दर्शनार्थीको चहलपहल बढेको हुनसक्ने कुरा एक स्थानीय सुशील भुषालले अखबार दैनिकलाई जानकारी गराउनु भयो । यस धाम परिसरभित्र श्रीकृष्णको मुर्ति अलावा भगवान् श्री बाबा विश्वकर्माको पनि मन्दिर रहेको छ । धार्मिक , संस्कृतिक तथा पर्यटकीय हिसाबले अनेकौं सम्भावना र महत्त्व बोकेको यस सुन्दर नगरीमा करीब एक बर्ष पहिले सम्पन्न यस धामको स्थापनापश्चात् नगरमा पर्यटकीय चहलपहल थप बढेको हो ।

    यो धामको उद्घाटन प्रदेश सरकार प्रदेश नम्बर पाँचका भौतिक पूर्वाधार विकास मन्त्री माननीय श्री बैजनाथ चौधरी ( थारु ) बाट मिति २०७६-०५-०१ मा उद्घाटन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार