बिहीबार , साउन २१ गते २०८३

विदेशमा गएर अलपत्र परेकाले उजुरी गर्न विभागको आग्रह

विदेशमा गएर अलपत्र परेकाले उजुरी गर्न विभागको आग्रह

अखबार दैनिक
बुधबार, मंसिर २४ २०७७
  • बैदेशिक रोजगारकालागि गएका अथवा भिजिट भिषामा विभिन्न मुलुकमा गएर अलपत्र परेकालाई वैदेशिक रोजगार विभागले उजुरी गर्न आग्रह गरेको छ । पछिल्लो समय विभिन्न म्यानपावरले खाडीलगायत अन्य मुलुकमा वैदेशिक रोजगारको लागि पठाइदिने भनी राहदानी र चर्को रकम असुल गरी भिजिट भिषामा अवैध तरिकाले रोजगारीको लागि पठाउने क्रम बढ्दो छ ।

    मंलबार एक विज्ञप्ति जारी गर्दै भिजिट भिषा भनेर रोजगारीमा पठाएको र समस्या परेको कारण उजुरीको क्रम बढेको विभागले जनाएको छ । विभागबाट खटिएको आकस्मिक अनुगमन टोलीले म्यानपावरमा र ट्राभल एण्ड टुर्समा आकस्मिक अनुगमन गर्दा वैदेशिक रोजगारको लागि भिजिट भिषामार्फत व्यक्तिहरु पठाउने गरेको प्रमाण फेला पारेर संलग्न संस्थालाई छानबिन भइरहेको विभागले जनाएको छ ।

    ‘अवैधानिक रुपमा भिजिट भिषाबाट वैदेशिक रोजगार गएका वा गएर अलपत्र परेका वा जाने भनी राहदानी वा रकम वुझाएका व्यक्तिहरुलाई तीस दिन भित्र यथेष्ट प्रमाण सहित रोजगारको लागि भिजिट भिषा मा पठाएको वा पठाउने म्यानपावर वा व्यक्ति वा ट्राभल एण्ड टुर्सको स्पष्ट नाम ठेगाना सहित वैदेशिक रोजगार विभाग वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन वा विभागको अनुगमन शाखाको इमेलमा मेल गरि उजुरी दिनको लागि अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार