बिहीबार , साउन २१ गते २०८३

नेकपा अध्यक्षद्वयबीच डेढ घण्टा लामो संवाद

नेकपा अध्यक्षद्वयबीच डेढ घण्टा लामो संवाद

अखबार दैनिक
बुधबार, मंसिर २४ २०७७
  • नेकपा अध्यक्षद्वयबीच डेढ घण्टा लामो संवाद

    मंसिर २४,

    नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेटवार्ता भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बुधबार ११ बजे अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता भएको हो।

    ओलीलाई भेट्न प्रचण्ड बुधबार विहान ११ बजे बालुवाटार पुगेका थिए । उनीहरुबीच करिब डेढ घण्टा कुराकानी भएको थापाले जानकारी दिए।

    अध्यक्षद्वयबीच आगामी स्थायी समिति बैठकका विषयमा केन्द्रित रहेर छलफल भएपनि भेटबाट कुनै निष्कर्ष नआएको उनले बताए। नियमित संवाद जस्तो भए पनि केही समाधान ननिस्किएको थापाले जानकारी दिए।

    अध्यक्ष ओली र प्रचण्डबीच २५ कात्तिकदेखिको संवादहीनताको अवस्था गत २० मंसिरमा अन्त्य भएको थियो । २१ मंसिरमा बसेको स्थायी समितिमा अध्यक्ष ‌ओलीले पत्र पठाउँदै प्रतिवेदनमाथि छलफल गर्न औचित्यहीन रहेको बताएका थिए ।

    स्थायी समितिमा अध्यक्ष ओली अनुपस्थित भएपछि सहमतिका लागि भन्दै बैठक २८ मंसिरसम्म सारिएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार