बिहीबार , साउन २१ गते २०८३

कोरोनाका कारण आर्थिक क्षेत्रमा भएको प्रहारलाई सामना गर्न सरकार लागि पर्ने

कोरोनाका कारण आर्थिक क्षेत्रमा भएको प्रहारलाई सामना गर्न सरकार लागि पर्ने

अखबार दैनिक
शनिबार, मंसिर २७ २०७७
  • अर्थमन्त्री विष्णु पौडेलले कोरोनाका कारण आर्थिक क्षेत्रले जुन प्रहार सहनु परेको छ त्यो प्रहारलाई सहज गर्ने मात्र होईन सामना गर्न पनि सरकार लागि परेको बताएका छन् ।

    शनिबार आयोजित आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौँ महासभाको सम्बोधनका क्रममा अर्थमन्त्री पौडेलले यसका समाधानका लागि सरकार हात दिन मात्र होईन साथ दिन पनि तयार रहेको बताए । उनले महामारीमा रोजगार गुमाएकालाई कसरी रोजगारी दिने भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको जानकारी दिए ।

    सम्बोधनकै क्रममा मन्त्री पौडेलले चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराउने दाबी गरे । उनले भने, ‘हामी बिना बिलम्ब गुणस्तरिय भ्याक्सिन तुलनात्मक रुपमा सस्तो मूल्यमा आयात गछौँ । सबै नेपालीलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यावस्थापन गर्ने सरकारले तयारी गरिरहेको छ । चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराएर नेपालीको बाच्ने अधिकारलाई सुरक्षित गछौँ ।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार