बिहीबार , साउन २१ गते २०८३

बेलायतको सर्वोत्कृष्ट सैनिक अवार्ड जित्दै नेपाली सेनाका अफिसर पिटर थापाले रचे इतिहास

बेलायतको सर्वोत्कृष्ट सैनिक अवार्ड जित्दै नेपाली सेनाका अफिसर पिटर थापाले रचे इतिहास

अखबार दैनिक
शनिबार, मंसिर २७ २०७७
  • army.jpgबेलायतको प्रतिष्ठित स्याण्डहष्र्ट सैनिक महाविद्यालयमा यो वर्षको कोर्समा सर्वोत्कृष्ट बनेर नेपाली सेनाका अधिकृत पिटर थापाले इतिहास रचेका छन् । थापाले यस बर्षको कोर्समा टप गर्दै बेलायती सेनाको अन्तर्राष्ट्रिय तरबार (स्वर्ड) हात पारेका हुन ।

    यो बेलायती सेनाको संसार प्रसिद्ध शाही सैनिक महाविद्यालयको सर्वोत्कृष्ट पुरस्कार हो । थोरैमात्र नेपालीले यो तरबार प्राप्त गर्न सकेका छन् । जानकारका अनुसार थापा नै नेपाली सेनाका तर्फबाट यस्तो प्रतिष्ठित अवार्ड पाउने पहिलो अधिकृत हुन पुगेका छन्।

    हरेक बर्ष नेपाली सेनाले आफ्नो सैनिक महाविद्यालय खरिपाटीमा अधिकृत क्याडेट तालिममा प्रथम हुने अधिकृतलाई सेकेण्ड लेफ्टिनेन्टको फूली लगाएपछि बेलायतको स्याण्डहस्र्टमा थप सैनिक कोर्स लागि पठाउने गर्दछ ।

    इतिहासमै पहिलोपल्ट बेलायती सेनाको स्वर्ड जित्न सफल भएका अधिकृत पिटर थापा धादिङ जिल्ला, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३, तल्लो पोखराका हुन् । उनी दुई बर्ष अघि मात्र सैनिक सेवामा प्रवेश गरेका थिए।

    समारोहको फेसबुकमार्फत लाइभ भएको थियो । लामो समयदेखि टाढा भएका छोरो सर्वोत्कृष्ट बन्दै मोबाइलको स्क्रिनमा देखिँदा हर्षको आँशु आएको बुबा रण थापा (शम्भु) र आमा प्रमिला थापा बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार