बिहीबार , साउन २१ गते २०८३

गुटवादी र अराजकतावादी गतिविधि जारि रहे सशक्त प्रतिवाद हुन्छ : दीपशिखा

गुटवादी र अराजकतावादी गतिविधि जारि रहे सशक्त प्रतिवाद हुन्छ : दीपशिखा

अखबार दैनिक
आइतबार, मंसिर २८ २०७७
  • गुटवादी र अराजकतावादी गतिविधि जारि रहे सशक्त प्रतिवाद हुन्छ : दीपशिखा

    काठमाडौं, २७ मंसिर

    राष्ट्रिय युवा संघ नेपालका संयाेजक राम प्रसाद सापकोटा दीपशिखाले गुटवादी र अराजकतावादी गतिविधि जारि रहे युवाहरुले सशक्त प्रतिवाद‌ गर्ने बताएका छन्।

    शनिवार साझ सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै संयाेजक दीपशिखाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बढ्दै गएको गुटवादी र अराजकतावादी गतिविधि जारि रहेको उल्लेख गर्दै त्यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएका हुन्।

    नेकपामा पार्टी अध्यक्ष केपी शर्मा ओली समुहले नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठकोविरुद्ध आइतवार नेकपा स्थायी समिति बैठक स्थलमा दर्शन गर्ने तयारी गरेपछि संयोजक दीपशिखाले त्यसको सशक्त प्रतिवाद गर्ने संकेत गरेका हुन्।

    ओली निकट युवा संघका केही नेता/ कार्यकर्ताले प्रवक्ता श्रेष्ठलाई छानविन गर्नुपर्छ भन्दै आइतवार प्रदर्शन गर्ने तयारी गरेका छन् ।

    हेर्नुस् दीपशिखाको स्टाटस :

    dipshika_samyojak.jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार