बिहीबार , साउन २१ गते २०८३

भट्टराईको आरोप : नारायणकाजीले आसेपासेको नाममा अरबौं सम्पत्ति जम्मा गरेका छन् !

भट्टराईको आरोप : नारायणकाजीले आसेपासेको नाममा अरबौं सम्पत्ति जम्मा गरेका छन् !

अखबार दैनिक
सोमबार, मंसिर २९ २०७७
  • भट्टराईको आरोप : नारायणकाजीले आसेपासेको नाममा अरबौं सम्पत्ति जम्मा गरेका छन् !

    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई वैधानिक तलवभत्ता नलिएर वाहवाही कमाउने तर आसेपासेको नाममा रातारात करोडौं जम्मा गर्ने भन्दै कटाक्ष गरेका छन् ।

    आइतबार सामाजिक सञ्जाल ट्विटरमा मार्फत भट्टराई लेख्छन् “आफ्नो नाममा कुनै देखल सम्पत्ति नराख्ने! वैधानिक तलवभत्ता नलिएर वाहवाही कमाउने ! आसेपासेहरूका नाममा रातारात करोडौं/अरबौं सम्पत्ति जम्मा हुने ! उनीहरूका विवादमा मध्यस्थता गर्ने!ऐय्यासी जीवन बिताउने!यही त हो क्रोनी क्यापिटालिज्म कणहरू ! एक अर्कालाई ढाकछोप गरौं! नेपाली विशेषताको समाजवाद?”

    पछिल्लो समय विवादास्पद लेनदेनमा नारायणकाजी श्रेष्ठको एक अडियो भिडियो बाहिर आएपछि उनलाई विभिन्न आरोप लागेको छ । श्रेष्ठले भने उक्त लेनदेनमा आफ्नो कुनै संलग्नता नभएको र जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गर्न सक्ने बताएका छन् । तर पदमा बसेको व्यक्तिको निष्पक्ष अनुसन्धान भने हुन सक्दैन ।

    भट्टराइको उक्त ट्विटमा प्रतिक्रिया दिँदै टेक नारायण पौडेल लेख्छन् “केपी लाई गोकुल बाँस्कोटा निर्दोष लाग्छ, प्रचण्ड लाई नारायणकाजी, बाबुराम लाई रेशम चौधरी अनि देउवा लाई आलम निर्दोष लाग्छ। नेपाली राजनिती म मेरो गुट अनि पार्टी भन्दा माथी कहिल्यै उठ्न सकेन।”

    नेपाल कम्यूनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवम् पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले विवाद सिर्जना भएपछि छानविनका लागि बाटो खुला गर्न नेकपाका प्रवक्ता नरायणकाजी श्रेष्ठलाई आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार