बिहीबार , साउन २१ गते २०८३

संवैधानिक परिषदको बैठक मंगलबार ९ बजे

संवैधानिक परिषदको बैठक मंगलबार ९ बजे

अखबार दैनिक
मंगलबार, मंसिर ३० २०७७
  • संवैधानिक परिषदको बैठक मंगलबार ९ बजे

    मंगलबार, मंसिर ३०,

    पार्टीको बैठक चलिरहेका बेलामा संवैधानिक परिषदको बैठक बोलाइएको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका छन्। स्थायी कमिटीको बैठक चलिरहेका बेलामा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिको वातावरण बनाउनुको सट्टा थप विवाद चर्काउन लागेको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका हुन्।

    'मंगलबार फेरि संवैधानिक परिषदको बैठक बोलाइएको छ। यसले पार्टीमा देखिएको संकटलाई थप बढाउने निश्चित छ' प्रचण्ड निकट एक नेताले भने, 'उहाँकै आग्रहमा कहिले १० दिन, कहिले ३ दिन बैठक सारिएको छ। अलिकति छलफल र सहमतिको वातावरण बनोस भनेर लागिरहेको बेलामा उहाँले त्यो पहलकदमीलाई लात्ती हानीरहनुभएको छ भनेर प्रचण्डले भन्नुभएको छ।' हिजोको सहमति र समझदारीलाई लत्याउँदै प्रधानमन्त्री ओलीले प्रमुख विपक्षीसँग सहमति गरेर अघि बढ्न खोजेको समेत प्रचण्डको भनाइ छ।

    'पार्टीको बैठकलाई छलेर यता (संवैधानिक परिषदतिर) लागिएको छ। यसले नेकपामा थप अन्तरविरोध चर्किने निश्चित छ' प्रचण्ड निकट अर्का एक नेताले भने,'बिपक्षी दलले मागे अनुसार नै संवैधानिक परिषदमा भाग दिन लागिएको छ। पार्टीको छलफललाई बेवास्ता गरिएको छ। ओलीबाटै फुटको वातावरण सिर्जना भइरहेको छ।' प्रधानमन्त्री ओलीले मंगलबार ९ बजे संवैधानिक परिषदको बैठक बोलाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार