बिहीबार , साउन २१ गते २०८३

१०-०१

१०-०१

अखबार दैनिक
मंगलबार, मंसिर ३० २०७७
  • १०-०१

    मंसिर ३०,

    जीवन भोग्नेहरु भन्दछ्न् ,अनुभव नै सबथोक रहेछ, जिवनको यत्रो अन्तरकालमा न त जिवनलाई लेख्न सकियो, न त जिवनलाई बुझ्न जसरी त्यसरी बस् बाचियो मात्रै.... हैन क्यारे.. जीवन त एक सिकाई पो हो जसले सास फेर्न जानिराख्यो उ जिवनभरि बाचिराह्यो ,अनि जसले जानेन उसको राम नाम सत्य... वाहियात कुरो..जसले जे भनेपनी यो जीवन भन्ने चिज नितान्त एक भ्रम नै हो.... बाचुन्जेलको मायाजाल सुरुमा नि आलु नै ,अन्त्यमा नि आलु नै ....त्यैपनी जत्राको त्यत्रै जे जति हो सुरु र अन्त्यकै बिचमै .....थाहा नै छ फेरि रित्तै हुने हो तरपनी....... जे होस् नियतिको यो चक्र बडो गजबको हो,, सुरु हुँदै हुँदै अन्त्य..... अन्त्य हुँदै हुँदै सुरु सुरु अन्त्य अन्त्य सुरु.........

    देवघाटको निस्पट्ट अन्धकार गल्लिहरुलाई छिचोल्दै एक बच्चाको रोईरहेको अन्तरध्वनी मेरा कानमा आईपुग्छ। मध्यरातको सन्नटामा उसको यो आवाज लाग्यो, पुरै जगतले नै सुनिरहेको छ अनि प्रतिउत्तरमा भनिरहेको छ कि `अहिले त हामी सबै मृत्युलोकमा छौ । हामिलाई शान्ति संग मर्न देउ, हामी सबैजन शान्तीप्रेमी लासहरु हौं ।´

    देखिस् त... यी जिउदा लडेका लासहरुलाई, निकै स्वर्थी छ्न्। तैले पछि ईनिहरुको बारेमा अझै धेरै कुरा थाहा पाउने छ्स्, आज भने तलाई सुनिदिने म मात्र रहेछु। चिन्ता नगर... तेरो आवाज मैले सुनिदिए बापत तैले मेरो आवाज सुनिदिनु पर्ने छैन.. आखिर् त पनि त त्यही स्वार्थी जगतमै हुर्किदै छ्स् .....

    ए साच्चै तेरि आमा खै....? , हुन त मलाई थाहा छ, तेरि आमा पनि अरुजस्तै मृत्युलोकमै रमाइरहेकि हुदि हो । भनेपछी... मेरो यो रात तसङ्गै कुरा गरेर बित्नी भयो.. भन केl सोध्न चाहान्छ्स् , हुन त मैले धेरै कुराहरु बिर्सिसके अनि त नाथे बच्चोले नि धेरै कुरो बुझ्नी होईनस् क्यारे। तरपनी तलाई म यो ठाउको बारेमा केही बताउछु,

    म अहिले जुन ठाउँबाट तसङ्ग कुरा गर्दै छु.. ठिक यहिं ठाउबाट नयाँ जिवनको शुरुवात हुने गर्छ। अनि उ त्यो..... आकाशमा उडिरहेको धुवा देखिरहेको छ्स् तैले त्यो मेरो जिवनका केही यादहरु हुन, जुन यादहरु म बाट उडिसकेका छ्न्.....सदाका लागि, हुन त तलाई मैले पहिले नै भनिसके कि मैले धेरै कुरा बिर्सिसके भनेर....

    जब म मा रहेका यी केही यादहरु पनि धुवा बनेर उड्ने छ्न्.. अनि म खाली हुनेछु, केही दिन अघिको त जस्तै । केवल बलिरहेको यो चितालाई सम्झनेछु अनि यसैको पीडा सम्झेर तं जस्तै रुनेछु.. फरक यति होला तैले जस्तो यसरी कुरा गर्ने साथी पाउने छु या छैन । तं त बडो भाग्यमानीको पो रहेछ्स् म जस्तो साथी पाईस् ।

    चिन्ता नगर... अबको केही दिनमै त जस्तै भएर म पनि तेरो संसारमा आउने छु, सायद त्यतिबेला तेरो उमेर चै अहिलेको मेरो जत्तिकै हुदो हो ... तर मैले यी सब कुरा बिर्सिसकेको हुनेछु । यदि तैले कतै मलाई भेटिस् भने यी सबै कुरा सम्झाएस्... हाम्रो आफ्नै भाषामा । नत्र यि जिउदा लासहरुले तलाई पनि पागल भनेर मलाई जस्तै जिउँदै जलाउनेछ्न् ।

    खुदा हाफिज उहीँ तेरो पागल मित्र…

    लेखक : कृष्ण सुवेदी

              

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार