बिहीबार , साउन २१ गते २०८३

प्रचण्ड–माधव पक्षले ओलीलाई बहुमतबाट कारबाही गर्ने तयारी गर्ने !

प्रचण्ड–माधव पक्षले ओलीलाई बहुमतबाट कारबाही गर्ने तयारी गर्ने !

अखबार दैनिक
मंगलबार, मंसिर ३० २०७७
  • प्रचण्ड–माधव पक्षले ओलीलाई बहुमतबाट कारबाही गर्ने तयारी गर्ने !

    मंसिर ३०,

    प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको गोप्य बैठक बसेको छ।

    संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबाट क्रुद्ध बनेका प्रचण्ड र माधव समूहको बैठकले ओलीविरुद्ध कडा कदम चाल्ने सहमति जुटएको छ। पार्टीमा छलफल नै नगरी ल्याइएको अध्यादेश तत्काल फिर्ता नगरिए ओलीविरुद्ध पार्टीको बहुमतबाट कारवाहीसम्म गर्ने रणनीति बनाएको छ।

    खुमलटार बैठकले ओलीको एकलौटी निर्णय मान्य नहुने निर्णय लिएको छ। ‘खुमलटार बैठकले ओलीको एकलौटी निर्णय अस्वीकार गर्ने निर्णय लिएको छ’, वरिष्ठ नेता झलनाथ खनालले थाहाखबरसँग भने, ‘कार्यकारी अध्यक्ष दाहाल, स्थायी कमिटी र केन्द्रीय कमिटी कसैलाई ओलीले ल्याएको अध्यादेशबारे थाहा छैन। यस्तो आचर्यलाग्दो तरिकाले अध्यादेश ल्याउनुको कारण के हो? हामीलाई यो कुरा मान्य हुँदैन।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार