बिहीबार , साउन २१ गते २०८३

अध्यादेश विरुद्ध सर्वोच्चमा रिट

अध्यादेश विरुद्ध सर्वोच्चमा रिट

अखबार दैनिक
बुधबार, पुस १ २०७७
  • अध्यादेश विरुद्ध सर्वोच्चमा रिट

    पुस १,

    सरकारले ल्याएको अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ विरुद्ध सर्वोच्च अदालतमा अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन्।

    अध्यादेश मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरे लगत्तै प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना र प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबरा सम्मिलित परिषद् बैठक बसेको थियो। यसअघि प्रधानमन्त्री एवम् परिषद् अध्यक्ष सहित ५ जना उपस्थित हुनुपर्ने प्रावधान रहेकोमा संशोधन गरी प्रधानमन्त्रीसहित ३ जना उपस्थित भए पुग्ने प्रावधान राखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार