बिहीबार , साउन २१ गते २०८३

युवा व्यवसायी श्रेष्ठद्वारा ११४ जना विद्यार्थीलाई सुइटर वितरण

युवा व्यवसायी श्रेष्ठद्वारा ११४ जना विद्यार्थीलाई सुइटर वितरण

अखबार दैनिक
बिहीबार , पुस २ २०७७
  • युवा व्यवसायी श्रेष्ठद्वारा ११४ जना विद्यार्थीलाई सुइटर वितरण

    युवा समाजसेवी तथा व्यवसायी अभियान श्रेष्ठले रामशाह माध्यमिक विद्यालय आँबुखैरेनीमा अध्ययनरत १ सय १४ जना विद्यार्थीलाई बुधबार सुइटर वितरण गरेका छन ।

    व्यवसायी श्रेष्ठले कक्षा १ देखि कक्षा १२ सम्म अध्ययन गर्ने विपन्न वर्गका विद्यार्थीहरुलाई सुईटर वितरण गरेका हुन विद्यार्थीहरुलाई जाडो मौसममा चिसोबाट बच्न तथा अध्ययन गर्न सहज वातावरणको लागि सहयोग स्वरुप ६० हजार रुपैंया बराबरको सुइटर वितरण गरेका हुन ।

    रामशाह माध्यमिक विद्यालय आँबुखैरेनीका प्रधानाध्यापक प्रेमराज लामिछानेले श्रेष्ठको सहयोग प्रति विद्यालयका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।

    व्यवसायी श्रेष्ठले यसअघि पनि समाजमा धेरै सहयोग पुर्‍याउदै आएका छन ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार