बिहीबार , साउन २१ गते २०८३

मन्त्री ढकाललाई स्वास्थ्य सामग्री खरिदबारे छलफल गर्न लेखा समितिले बोलायो

मन्त्री ढकाललाई स्वास्थ्य सामग्री खरिदबारे छलफल गर्न लेखा समितिले बोलायो

अखबार दैनिक
बिहीबार , पुस २ २०७७
  • मन्त्री ढकाललाई स्वास्थ्य सामग्री खरिदबारे छलफल गर्न लेखा समितिले बोलायो

    पुस २,

    स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले शुक्रबार बोलाएको छ ।

    कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेनामार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा समितिले स्वास्थ्य मन्त्री ढकालसँग छलफल गर्न शुक्रबार १ बजे बैठकमा बोलाएको समितिका सचिव डा। रोजनाथ पाण्डेले बताए ।

    समितिले यसअघि पटक पटकको बैठकमा पनि मन्त्रालयले खरिद प्रक्रिया पूरा नगरीकन ओम्नी समूहमार्फत स्वास्थ्य सामग्री खरिद गर्न लागेको भन्दै अध्ययन शुरु गरेको थियो ।

    तर लामो समय बैठक नै नबस्दा यो विषयमा समितिले छलफल गर्न सकेको थिएन। अबको बैठकमा भने स्वास्थ्य मन्त्री ढकाललाई नै बोलाएर छलफल गर्ने तयारी समितिले गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार