बिहीबार , साउन २१ गते २०८३

विश्व मञ्चमा नेपाल र नेपाली खानाको जित

विश्व मञ्चमा नेपाल र नेपाली खानाको जित

अखबार दैनिक
शुक्रबार, पुस ३ २०७७
  • विश्व मञ्चमा नेपाल र नेपाली खानाको जित

    पुस ३,

    संयूक्त अधिराज्यको ‘मास्टरशेफ यूके’मा सहभागी नेपाली शेफ सन्तोष शाहको यात्रा उत्कृष्ट तीनमै सिमित भएको छ। बिहीबार प्रसारित ग्राण्ड फिनालेमा बेलायती सेफ एलेक्स वेबले यो उपाधि हात पारेका हुन् ।

    ३२ जना प्रतियोगी सहभागी सो प्रतियोगिताको उपाधीको नजिक पुगेर सेफ शाहको यात्रा रोकिएको हो । उनले ‘बीबीसी मास्टर सेफ द प्रोफेसनल्स २०२०’ को तेस्रो स्थानको उपाधी हात पारेका छन् । यो उपलब्धि हात पार्ने उनी पहिलो नेपाली पनि हुन् ।

    बिबिसी नेपाली सेवाका अनुसार उपाधिबाट विमूख भएका सन्तोषले जित हात नपरेपनि विश्व मञ्चमा नेपाल र नेपाली खानाको जित भएको प्रतिक्रिया दिएका छन्। शाहले अन्तिम प्रतिस्पर्धामा सोचेजस्तो खाना पस्कन नसकेको बताए।

    सिराहा कर्जन्हाका ३५ वर्षीय शाहले भने, ‘ट्रफी हात लगाउनु मात्र जित होइन, मैले निर्णायकहरू तथा नेपालीको मन जितिसकेको छु।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार