बिहीबार , साउन २१ गते २०८३

संसद अधिवेशन माग गर्न फेरि राष्ट्रपति कार्यालय जाने तयारी

संसद अधिवेशन माग गर्न फेरि राष्ट्रपति कार्यालय जाने तयारी

अखबार दैनिक
शुक्रबार, पुस ३ २०७७
  • संसद अधिवेशन माग गर्न फेरि राष्ट्रपति कार्यालय जाने तयारी

    पुस ३,

    नेकपा नेताहरूले संसद्को विशेष अधिवेशन माग गर्दै फेरि हस्ताक्षर राष्ट्रपति कार्यालय बुझाउने तयारीमा लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संबैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिएको भन्दै उनीहरूले फेरि यस्तो तयारी गरेका हुन् ।

    मंसिर ३० गते प्रधानमन्त्री ओलीले संबैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएसंगै नेकपामा खैलाबैला नै मच्चिएको थियो । अध्यादेश फिर्ता गर्ने निर्णय पार्टीको स्थायी कमिटीले निर्णय गरिसकेको भएपनि प्रधानमन्त्री ओलीले भने फिर्ता गर्न आलटाल गरेको भन्दै नेताहरू फेरि संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने तयारी गरेका छन् ।

    पार्टीको स्थायी समिति बैठक पुस ५ गते तय गरिएको छ । यसअघि बसेको बैठकले अध्यादेश अविलम्ब फिर्ता गर्ने निर्णय गरेको थियो ।

    प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता गर्न आनाकानी गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि तिब्र असन्तुष्टि जनाएको छ । त्यतिमात्रै होइन सहमति भैसकेको बिषयमा प्रधानमन्त्री ओलीले आलटाल गरेको भन्दै ओली पक्षकै केहि नेताहरूले असन्तुष्टि जनाएका छन् ।

    पुस १ गते बसेको स्थायी समिति बैठकमा अध्यादेश फिर्ता लिन तयार भएका ओलीले अहिलेसम्म पनि फिर्ताबारे कुनै निर्णय नगरेपछि फेरि हस्ताक्षर बुझाएर विशेष अधिवेशन माग गर्न लागिएको एक सांसदले बताए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार