बिहीबार , साउन २१ गते २०८३

नेकपा विवाद उग्र बनेको बेला सभामुखको मुद्दा अदालतको पेसीमा

नेकपा विवाद उग्र बनेको बेला सभामुखको मुद्दा अदालतको पेसीमा

अखबार दैनिक
शुक्रबार, पुस ३ २०७७
  • नेकपा विवाद उग्र बनेको बेला सभामुखको मुद्दा अदालतको पेसीमा

    पुस ३,

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा विवाद उग्र बन्दै गैरहेका बेला सभामुख अग्निप्रसाद सापकोटाको मुद्दा सर्वोच्च अदालतले पेसीमा चढाएको छ। सभामुख सापकोटाको मुद्दा अन्तिम पटक ०७६ फागुन ३० गते पेसीमा चढेको थियो। उक्त दिनमा हेर्न नभ्याउने भन्दै मुद्दाको सुनुवाइ सरेको थियो।

    सभामुख सापकोटाले गत आइतबार र मंगलबार बोलाइएको संवैधानिक परिषद्को बैठक बहिस्कार गरेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले एजेन्डाबारे छलफल नगरेको भन्दै बैठकमा उपस्थित नहुने जानकारी दिएका थिए । त्यसपछि प्रधानमन्त्री संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएका थिए ।

    सापकोटाविरुद्ध काभ्रेकी पूर्णिमाया लामा, सुशील प्याकुरेल लगायतले २०६८ असार ६ गते दर्ता गरेको निवेदन सुनुवाइको पेसीमा चढेको हो। हालसम्म यो मुद्दा १९ पटकसम्म सुनुवाइको पेसी तोकिएको छ।

    २०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो। संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला दायर भएको सहित तीन वटा मुद्दा रहेका छन्। काभ्रेका अर्जुन लामाको ह’त्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्। उक्त रिटमा अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन छ।

    तत्कालीन नेकपा माओवादीका प्रवक्ता तथा पूर्व-सूचना तथा सञ्चारमन्त्री रहेका सापकोटा ’हालसम्म फरार अपराधी भएकाले उक्त जिम्मेवारीले अदालतको अवहेलना गरेको’ जिकिर गर्दै २०६८ असार ६ गते कनकमणि दीक्षितसहितले अवहेलना मुद्दा दायर गरेका थिए। यो सापकोटाविरुद्धको पहिलो अवहेलना मुद्दा थियो। लगत्तै पूर्णिमायाले रिट निवेदन दायर गरेकी थिइन्।

    २०६९ मंसिर ११ गते न्यायाधीश वैधनाथ उपाध्यायको इजलासले अन्तरिम आदेश जारी गरेपछि उक्त मुद्दामा सुनुवाइ हुन सकेको छैन।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार