बिहीबार , साउन २१ गते २०८३

उपत्यकामा चिसो वृद्धि, कति छ आजको तापक्रम ?

उपत्यकामा चिसो वृद्धि, कति छ आजको तापक्रम ?

अखबार दैनिक
शनिबार, पुस ४ २०७७
  • उपत्यकामा चिसो वृद्धि, कति छ आजको तापक्रम ?

    ४ पुष २०७७

    काठमाडौँ उपत्यकासहित देशैभरै चिसो वृद्धि भएको छ। शुक्रवजारको तुलनामा शनिबार बिहान केही तापक्रम भने बढेको छ।

    शुक्रबार बिहान भने १.६ डिग्री सेल्सियस मापन गरिएकोमा शनिबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    शनिबार विहान पौने ६ बजे उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियम मापन भएको छ। दिउँसो तापक्रम बढेर १८ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले जनाएको छ ।

    शनिबार उपत्यकाको मौसम दिनभर सफा रहने महाशाखाको अनुमान छ। अबको तीन दिनसम्मै उपत्यकाको मौसम सफा रहने भएकाले चिसो भने अझै बढ्न सक्ने अनुमान गरिएको छ।

    तराईका अधिकांश भेगमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार