बिहीबार , साउन २१ गते २०८३

राप्रपाले गर्‍यो निर्वाचनको समर्थन

राप्रपाले गर्‍यो निर्वाचनको समर्थन

अखबार दैनिक
सोमबार, पुस ६ २०७७
  • राप्रपाले गर्‍यो निर्वाचनको समर्थन

    राष्ट्रिय प्रजातन्त्र पार्टीले जनताको ताजा जनादेश लिने कुरा प्रजातान्त्रिक भएको ठहरसहित निर्वाचनमा जानुपर्ने निर्णयमा पुगेको छ। तथापि, उसले पार्टीको औपचारिक निर्णयमा भने सो कुरा उल्लेख गरेको छैन।

    बैठकको निर्णयबारे जानकारी दिँदै एक जना केन्द्रीय सदस्यले चुनावमा जानुपर्नेमा बैठक केन्द्रित भएको र त्यसमा तीन जनै अध्यक्षसहित पदाधिकारीको सहमति रहेको जानकारी दिए।

    बैठकमा अध्यक्ष कमल थापाले जनताको मन जित्ने गरी चुनावका लागि तयार हुनुपर्ने बताएका थिए। राप्रपाको आधिकारिक निर्णयमा भनिएको छ, ‘परिवर्तित सन्दर्भलाई विगतको त्रुटि, कमी-कमजोरी सच्याउने र राष्ट्रिय मेलमिलापको नीतिअनुरुप सबै नेपाली अटाउने राजनीतिक संरचना र शासकीय स्वरुप निर्माणको अवसरका रुपमा प्रयोग गर्न सम्बद्ध सबै पक्षमा राप्रपा अपिल गर्दछ।’ अध्यक्ष थापाले नयाँ चुनावमा जाँदा भ्रष्टाचार, बेरोजगारी र धर्मपरिवर्तनको कुरालाई मार्गचित्र बनाएर जानुपर्ने बताएका थिए। उनले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको पक्षमा जनमत सिर्जना गर्नुपर्ने बताएका थिए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार