बिहीबार , साउन २१ गते २०८३

राजनीतिक संकट र अन्तर्राष्ट्रिय संचार

राजनीतिक संकट र अन्तर्राष्ट्रिय संचार

अखबार दैनिक
सोमबार, पुस ६ २०७७
  • राजनीतिक संकट  र  अन्तर्राष्ट्रिय संचार

    प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले नेपालमा राजनीतिक संकट निम्तिएको टिप्पणी गरेका छन् । वासिङटन पोस्टले लेखेको छ, ‘देशलाई अस्थिरतातर्फ धकेल्ने अन्तरपार्टी द्वन्द्वको केन्द्रमा रहेका प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी छिन् ।’

    यस कदमले संवैधानिक संकट निम्त्याएको समाचारमा उल्लेख छ ।

    वैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको नयाँ निवार्चन निकै महङ्गो अभ्यास हुने समाचारमा उल्लेख छ ।

    हिन्दुस्तान टाइम्सले लेखेको छ, ‘किनारमा पुु¥याइएका प्रधानमन्त्री ओलीले प्रतिद्वन्द्वीहरुमाथि बम खसाले, यसले चीनलाई पनि दुखित बनाउँछ ।’ प्रधानमन्त्री ओलीले यसअघि पनि विभाजनको धम्की दिइरहेको र सत्तारुढ नेकपालाई विभाजित हुन नदिन चिनियाँ कम्युुनिष्ट पार्टीले महिनांैदेखि प्रयास गरिरहेको दाबी पनि समाचारमा गरिएको छ ।

    समाचारअनुसार सुरुवातमा ओलीलाई समर्थन गरेजस्तो देखिने चीनले केही समयअघि ‘नेकपाको एकता जोगिन्छ भने ओलीलाई रातो कार्ड देखाउँदा पनि फरक नपर्ने’ संकेत गरेको थियो । प्रधानमन्त्रीको संसद् विघटन गर्ने निर्णयसँगै नेकपाको विभाजन रोक्ने चिनियाँ प्रयासमा धक्का लागेको समाचारमा उल्लेख छ ।

    त्यसैगरी रोयटर्सले लेखेको छ, ‘सडक संघर्षले २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनस्थार्पित गरेयता उथलपुुथल अवस्थाबाट गुज्रिएको नेपाललाई यस कदमले कोरोना भाइरस महामारीसँग जुधिरहेका बेला राजनीतिक संकटतर्फ धकेल्छ ।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार