बिहीबार , साउन २१ गते २०८३

प्रचण्डलाई आज नेकपाको अध्यक्षबाट हटाइँदै

प्रचण्डलाई आज नेकपाको अध्यक्षबाट हटाइँदै

अखबार दैनिक
मंगलबार, पुस ७ २०७७
  • प्रचण्डलाई आज नेकपाको अध्यक्षबाट हटाइँदै

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा औपचारिक रुपमा विभाजनको अन्तिम चरणमा पुगेको छ । प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरिएको पत्र निर्वाचन आयोगमा पेश गरेपछि ओली पक्षले पनि प्रचण्डलाई कारबाहीको तयारी गरेको छ ।

    आज बिहान ९ बजे बालुवाटारमा बस्ने केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई अनुशासनहीन काम गरेको,आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री विरुद्ध विपक्षीसँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्न खोजेको,पार्टी एकता विपरीत गतिविधि गरेको लगायतका आरोप लगाउँदै अध्यक्ष पदबाट हटाउने तयारी गरेको ओली निकट स्रोतले जनाएको छ ।

    बैठकले अन्य केही नेतालाई पनि कारबाही गरेर निर्वाचन आयोगलाई जानकारी गराउने सम्भावना रहेको एक नेताले बताए । पार्टी एकता टुंगिन नपाउँदै प्रचण्डले एकता भंग गरेको अभियोगसहित निर्वाचन आयोगलाई जानकारी गराउने तयारी ओली पक्षको छ । प्रचण्ड–माधव नेपाल पक्षले आज दिउँसो बैठक राखेर ओलीलाई अध्यक्षबाट हटाउने तयारी गरेपछि ओली पक्षले काउन्टर कारबाही गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार