बिहीबार , साउन २१ गते २०८३

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

अखबार दैनिक
बुधबार, पुस ८ २०७७
  • कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । मंगलबारदेखि सुरु भएको बैठक पार्टी कार्यालय सानेपामा आज पनि दिउँसो १ बजे बस्ने छ ।

    आइतबारको मन्त्रिपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेपछि उक्त कदमविरुद्ध कसरी जाने भन्ने नै बैठकको मुख्य एजेन्डा रहेको छ ।

    मंगलबार सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको कदम निरंकुश र असंवैधानिक भएकोले साथ दिन नसकिने बताएका थिए।

    वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको भर पर्न नहुने भन्दै ओलीको कदमविरूद्ध प्रतिरोध गर्नुपर्नेमा जोड दिएका छन्।

    कांग्रेसमा ११७ जना केन्द्रीय सदस्य छन्। सबै केन्द्रीय सदस्यलाई धारणा राख्न समय दिइने कांग्रेसले जनाएको छ। यसकारण बैठक अझै केही दिनसम्म चल्नेछ।

    संसद विघटन विरुद्ध सर्वोच्चमा रिट परेको छ। उक्त रिट बारे पनि सर्वोच्चले आजै सुनुवाइ गर्दै छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार