बिहीबार , साउन २१ गते २०८३

भारतीय राजदूतले भेटे स्वास्थ्य मन्त्री त्रिपाठीलाई

भारतीय राजदूतले भेटे स्वास्थ्य मन्त्री त्रिपाठीलाई

अखबार दैनिक
बिहीबार , पुस १६ २०७७
  • भारतीय राजदूतले भेटे स्वास्थ्य मन्त्री त्रिपाठीलाई

    भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई भेटेका छन्। आज मन्त्रालयमा पुगेर राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई भेटेका हुन्।

    उक्त अवसरमा राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई बधाइ दिएका थिए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका त्रिपाठी हालै स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका हुन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा हेरफेर गर्दा त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

    राजदूत क्वात्रा र मन्त्री त्रिपाठीबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको मन्त्री त्रिपाठीको सचिवालयले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार