शुक्रबार, साउन २२ गते २०८३

बत्ती निभाएर, बाकस साटेर प्रचण्डलाई सिरहाबाट जिताइएको हो : लेखराज भट्ट

बत्ती निभाएर, बाकस साटेर प्रचण्डलाई सिरहाबाट जिताइएको हो : लेखराज भट्ट

अखबार दैनिक
शुक्रबार, पुस १७ २०७७
  • बत्ती निभाएर, बाकस साटेर प्रचण्डलाई सिरहाबाट जिताइएको हो : लेखराज भट्ट

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य लेखराज भट्टले दोस्रो संविधान सभा चुनावमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धाँधली गरेर सिराहाबाट जिताइएको खुलासा गर्नुभएको छ । तात्कालिन माओवादी केन्द्रका निकै प्रभावशाली नेता रहनुभएका भट्टले चुनाव हारेपछि धाँधली गरेर प्रचण्डलाई जिताइएको खुलासा गर्नुभएको हो ।

    ‘बत्ती निभाएर, बाकस साटेर प्रचण्डलाई सिरहाबाट जिताइएको हो,’ नेकपाका सुदूर पश्चिमका कार्यकर्ताहरुको राजधानीमा भएको भेलामा आपुर्तिमन्त्रीसमेत रहनुभएका नेता भट्टले भन्नुभयो । ‘जहिले पनि क्रमभंग, धक्का, महाविपत्ति भन्नुहुन्थ्यो । जहिले पनि उहाँले महाविपत्ति ल्याउनुहुन्छ । अहिले पनि विपत्ति ल्याउन खोजिरहनुभएको छ,’ भट्टले भन्नुभयो, ‘उहाँहरु माइतीघर मण्डलामा जानुभयो, हामी यहाँ छौं भन्नुपर्ने अवस्था उहाँहरुलाई किन पैदा भयो ?’ भट्टले अवको चुनावपछि प्रचण्ड समुहलाई बत्ति बालेर खोज्नुपर्ने बताउनु भयो ।

    ‘अब हामीले उहाँहरुलाई खोज्न जानुपर्ने भयो । देशका कुना काप्चामा उहाँहरु कहाँकहाँ हुनहुुन्छ खोजेर ल्याउनुपर्ने दायित्व हाम्रो भएको छ,’ उहाँको भनाई थियो । प्रचण्डले केटाकेटीले लडीबुडी खेले जसरी लडीबुडी गर्दै प्रधानमन्त्री पद माग्नुभएको तथ्य पनि भट्टले खोल्नुभयो । ‘चुनाव गराएर नेतृत्वमा आउने कुरा गर्नुहुन्न । लडीबुडी गरेर प्रधानमन्त्री पद चाहियो भन्नुहुन्छ । प्रचण्डले केटाकेटीपारा देखाउनुभयो ।’

    प्रचण्डले जनयुद्धका घाइतेको अवस्था के छ भनेर यो १० वर्षमा नबोलेको र नसोधेकोमा उहाँले आश्चर्य प्रकट गर्नुभयो । अरुको मृत्युमा प्रचण्डले आफ्नो जीवन देख्नुभएको तथ्य पनि उहाँले खोल्नुभयो ।

    प्रचण्डले ०४६ सालमा सेक्टर काण्ड गराएर मोहन वैद्यलाई पार्टी महासचिवबाट हटाएको स्मरण गर्दै भट्टले भन्नुभयो– ‘जनयुद्धको दौरानमा मारिएका पाँच हजारको मात्र जिम्मेवारी लिन्छु भन्नुहुन्छ । प्रचण्डजीमा आत्मबल नै छैन ।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार