शुक्रबार, साउन २२ गते २०८३

राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने

राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने

अखबार दैनिक
शुक्रबार, पुस १७ २०७७
  • राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने

    राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने भएको छ। अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक पुस २३ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी बोलाएका छन्।

    आज बसेको बैठकमा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी दल जसपाका नेताहरूले दलका तर्फबाट धारणा राखेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विषयमा दलका नेताहरूले विरोध गरेका छन्।

    नेकपाका सांसद दिनानाथ शर्मा, कांग्रेस सांसद जितेन्द्रनारायण देव र जसपा सांसद प्रमिला कुमारीले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी रहेको भन्दै विरोध गरेका थिए।

    पूर्वसांसदहरूको निधनमा आजको बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार