शुक्रबार, साउन २२ गते २०८३

राजनीतिलाई सही बाटोमा ल्याउन नेतृत्व गर्छु : ओली

राजनीतिलाई सही बाटोमा ल्याउन नेतृत्व गर्छु : ओली

अखबार दैनिक
शनिबार, पुस १८ २०७७
  • राजनीतिलाई सही बाटोमा ल्याउन नेतृत्व गर्छु : ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना स्वार्थका लागि कार्यकर्ता भिडाउने र देशमा अस्थिरता ल्याउने फोहोरी राजनीतिविरुद्ध आफू लाग्ने बताएका छन् ।

    नेपाल स्काउटद्वारा शुक्रवार आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा सम्बोधन गर्दै उनले बालबालिकाले त्यस्ता फोहोरी राजनीतिबाट प्रभावित नभई इमानदार, विवेकशील र जनताको सेवा गर्ने क्षेत्रका रुपमा राजनीतिलाई बुझ्न आग्रह गरे ।

    बालबालिका र राजनीतिका सन्दर्भमा सोधिएको प्रश्नमा उनले बालबालिकाले प्रत्यक्ष राजनीतिमा लाग्न नहुने तर यसलाई ढाँटछल, संविधानविरोधी तथा बेइमानीका रुपमा नबुझ्न आग्रह गर्दै राजनीति बिग्रिएमा त्यसलाई सही बाटोमा ल्याउने कामको नेतृत्व आफूले गर्ने अवगत गराए। प्रम ओलीले राजनीति वा सबै क्षेत्रमा सर्वसम्मत हुन नसक्ने सन्दर्भ उल्लेख गर्दै आफूलाई विरोध गर्नेहरु कोही नजिक आएर नबुझिकन विरोध गर्ने, कोही विरोधका लागि विरोध गर्ने र कोहीले सत्यलाई असत्य ठानेर स्वार्थवश अर्को दलमा भएका कारण विरोध गर्ने गरेको बताए ।

    उनले भने, ‘मानिसलाई उसले समृद्धिले मात्रै पुग्दैन, त्रास र असुरक्षा छ भने सुख हुँदैन, समाजमा शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्छ, अधिकार पायो तर त्यसको प्रयोग गर्ने वा प्रतिभाको प्रस्फुटन हुने वातावरण नभए ऊ सुखी हुँदैन, हामी हरेक व्यक्ति सम्मानित जीवन जिउन पाओस् भन्ने चाहान्छौँ ।’

    उनले भ्रुणको अवस्थादेखि वृद्धावस्थासम्म सुखी र भयरहित जीवन बाँच्न पाउनुपर्ने भएकाले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा साकार पारेर छाड्ने सङ्कल्प व्यक्त गरे ।

    ‘बलात्कारका घटना रोक्न के कस्ता प्रयास गर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू रु’ भन्ने एक बालिकाको प्रश्नमा प्रधानमन्त्री ओलीले यस देश र विश्वका सम्पूर्ण बालबालिका हाम्रो भोलिको भविष्य भएको उल्लेख गर्दै नारीहरु पूजिने ठाउँमा देवता पनि रमाउँछन् भन्ने शास्त्रीय मान्यता रहेको सन्दर्भमा समाजले महिलालाई सम्मान र महत्व दिने गरेको बताए । उनले चेलीहरु दुर्व्यवहार र बलात्कारमा पर्नु अमानवीय र घृणित अपराध भएकाले यस्ता अपराध रोक्न कानून कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    प्रधानमन्त्री ओलीले बालबालिकासँग नै देशको भविष्य हुने भएकाले उनीहरुलाई ईष्र्याभाव नराख्न, अरुको प्रगतिमा खुशी हुन, सबैसँग मिठो बोल्न र असल कर्ममा अघि बढ्न पनि आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार