बिहीबार , साउन २१ गते २०८३

अविश्वासको प्रस्ताव दर्ता भएपनि सामना गर्न तयार छु : मुख्यमन्त्री गुरुङ

अविश्वासको प्रस्ताव दर्ता भएपनि सामना गर्न तयार छु : मुख्यमन्त्री गुरुङ

अखबार दैनिक
शनिबार, पुस १८ २०७७
  • अविश्वासको प्रस्ताव दर्ता भएपनि सामना गर्न तयार छु : मुख्यमन्त्री गुरुङ

    प्रतिनिधिसभा विघटन पश्चात प्रदेश र स्थानिय तहमा यसको प्रत्यक्ष असर परेको अवस्थामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफुविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए सामना गर्न तयार रहेको बताएका छन् ।

    शनिबार गोरखा सदरमुकाममा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गण्डकी प्रदेश इञ्चार्जसमेत रहेका गुरुङले गण्डकी प्रदेशमा जतिसुकै बेला अविश्वासको प्रस्ताव दर्ता हुने सक्ने र त्यसको लागि आफू सामना गर्न तयार रहेको बताएका हुन्

    उनले भने, ‘उहाँहरूले अविश्वासको प्रस्ताव जतिसुकै बेला दर्ता गर्न सक्नुहुन्छ, त्यसको लागि म तयार छु’, ‘केन्द्रमा र अरु प्रदेशमा झगडा हुदैमा गण्डकी प्रदेशमा पनि झगडा गर्नैपर्छ भन्ने छैन। मिलेर जानुपर्छ। अरु प्रदेशका लागि पनि नमूना प्रदर्शन गर्नुपर्छ भन्ने मेरो तर्क छ’, मुख्यमन्त्री गुरुङले थपे।

    साथै उनले नेकपाको वैधानिक अध्यक्ष र संसदीय दलका नेता पनि केपी शर्मा ओली नै भएको दाबी गरेका छन्। गुरुङले झ्यालबाट आउने जाने गर्नेहरु पार्टी अध्यक्ष पनि हुन नसक्ने, संसदीय दलका नेता पनि हुन नसक्ने दाबी गरे। साथै उनले टाउको गनेर बहुमत र अल्पमतको कुरामा नअल्झन नेता कार्यकर्तालाई आग्रह गरे।

    विधान अनुसार चलेको पार्टीलाई अल्पमत र बहुमतको आधारमा चलाउन नहुने उनको तर्क छ। ‘विकास र सम्वृद्धिको नारा लिएर अघि बढ्दा केपी शर्मा ओलीको उचाइ बढेको देखेर जलेका माधव नेपाल र प्रचण्डजीहरुले कहिल्यै पनि प्रधानमन्त्री हुन नपाउने डरले जालझेल र षड्यन्त्र गरी हटाउन खोजेका हुन्’ उनले भने। शनिवार ओली पक्षित कार्यकर्ता भेलालाई संवोधन गर्न मुख्यमन्त्री गुरुङ गोरखा आएका हुन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार