बिहीबार , साउन २१ गते २०८३

अछामका सांसद यज्ञ बोगटी ओली समूहमा, भीम रावललाई जिल्लामा कठिन हुनसक्ने

अछामका सांसद यज्ञ बोगटी ओली समूहमा, भीम रावललाई जिल्लामा कठिन हुनसक्ने

अखबार दैनिक
आइतबार, पुस १९ २०७७
  • अछामका सांसद यज्ञ बोगटी ओली समूहमा, भीम रावललाई जिल्लामा कठिन हुनसक्ने

    अछाम क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा विजयी सांसद यज्ञ बोगटी नेकपा ओली समूहमा खुलेका छन् । आइतबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट केन्द्रीय सदस्यको सपथ लिएर उनले कित्ता क्लियर गरेका हुन् ।

    यसअघि नेकपाको प्रधानन्त्री केपी शर्मा ओली समूहले उनलाई केन्द्रीय समिति सदस्य बनाएको थियो । तर, उनले सपथ ग्रहण नगरी केही समय पार्टी एकताका पक्षमा माहौल बनाउने भन्दै तटस्थ बसेका थिए ।

    सांसद बोगटी तटस्थ बसेपछि अछाममा भीम रावल निकटहरुले उनी माधव—प्रचण्ड समूहमा लागेको भन्दैं प्रचार गरेका थिए । तर, बोगटी आफ्नो क्षेत्रका जनता र त्यहाँ अगुवा कार्यकर्ताहरुसँग छलफलमा थिए ।

    क्षेत्रको जनमत र पार्टीका अगुवा कार्यकर्ताको मन बुझेपछि बोगटीले आइतबार सपथ लिएका हुन् । अछाममा उनीमाथि रावल र उनी निकटहरुले पटक—पटक अन्याय गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार