बिहीबार , साउन २१ गते २०८३

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का

अखबार दैनिक
आइतबार, पुस १९ २०७७
  • सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का

    सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बेलुका भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले जानकारी दिनुभयो ।

    उक्त भूकम्प ३ दशमलव ५ रेक्टर स्केलको रहेको जनाइएको छ । भूकम्पको धक्का बैतडीसहित दार्चुला र बझाङका केही क्षेत्रमा गरिएको थियो । भूकम्पले क्षति गरेकोबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार