बिहीबार , साउन २१ गते २०८३

आज दिनभर सामन्यतया वर्षा र हिमपात हुने

आज दिनभर सामन्यतया वर्षा र हिमपात हुने

अखबार दैनिक
सोमबार, पुस २० २०७७
  • आज दिनभर सामन्यतया वर्षा र हिमपात हुने

    पश्चिमी वायुको प्रभावका कारण देशभर बदली भइ विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज सामन्यतया दिनभर बदली रहने र देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने छ ।

    आज सोमबार दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू–भागहरुका केही स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू–भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।

    यस्तै आज राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भू–भागहरुका केही स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू–भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

    देशका उच्च पहाडी र हिमाली भू–भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाडि भू–भागका थोरै स्थानहरुमा हल्का बर्षा हुने सम्भावना रहेकोले पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन तथा बदली, बर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा केही गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न सजग महाशाखाको अननुरोध छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार