बिहीबार , साउन २१ गते २०८३

प्रचण्डले दोषी चस्मा लगाएर कुर्सीबाहेक अरु केही देखेनन् : प्रदीप ज्ञवाली

प्रचण्डले दोषी चस्मा लगाएर कुर्सीबाहेक अरु केही देखेनन् : प्रदीप ज्ञवाली

अखबार दैनिक
सोमबार, पुस २० २०७७
  • प्रचण्डले दोषी चस्मा लगाएर कुर्सीबाहेक अरु केही देखेनन् : प्रदीप ज्ञवाली

     नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले नेकपाको आन्तरिक मामलामा बाह्य हस्तक्षेप भित्र्याउने प्रयास भइरहेको बताएका छन् ।आज बबरमहलमा आयोजित ओली नेतृत्वको नेकपा भेलालाई सम्बोधन गर्दै प्रवक्ता ज्ञवालीले हाम्रो आन्तरिक मामिलामा खुलेयाम बाह्य हस्तक्षेप भित्र्याउने प्रयास भइरहेको भन्दै यस्तो प्रवृत्तिले देशलाई प्रयोगशाला बनाउने खतरा बढेका बताएका हुन् ।

    ‘अस्ती कमरेड प्रचण्डले एउटा टेलिभिजनमा भनिसक्नुभयो, हामीलाई अन्तर्राष्ट्रिय समर्थन किन आएन ? म छक्क पर्‍या छु । अरु देश किन बोल्दैन हँ अहिलेसम्म ? यो मौनता पचेन है मलाई । समर्थन चाहियो नी हामीलाई भन्नुभयो । हाम्रो आन्तरिक मामिलामा खुलेयाम यसरी बाह्य हस्तक्षेप भित्र्याउने प्रयास हुँदैछ । यस्तो प्रवृत्तिले देशलाई प्रयोगशाला बनाउने खतरा छ,’ उनले भने, ‘कार्यकारी अध्यक्ष बनेर महाधिवेशन नगर्ने तर प्रधानमन्त्री नै चाहिने भनेर षडयन्त्र गर्ने ?’ उनले प्रश्न गरे ।

    वीपी कोइरालाको ‘दोषी चश्मा’ प्रसंग निकाल्दै प्रवक्ता ज्ञवालीले केही साथीले आँखामा दोषी चस्मा लगाएपछि कुर्सी मात्र देखिने गरेको समेत बताए । उनले भने, ‘वीपी कोइरालाको कथा जस्तो चश्मा नै दोषी लगाएपछि केहीले अहिलेका प्रगति नै देखेनन्, मात्र एउटा कुर्सी देखे । बनेका बाटो, हस्पिटल देखेनन् । राष्ट्रपतिको हेलिकोप्टरबाट सुत्केरीको उद्धार गरेको देखेनन् । बस एउटा कुर्सी देखे ।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार