बिहीबार , साउन २१ गते २०८३

नेपाल ल्याउने भनिएको भ्याक्सिन भारत सरकारले निर्यात गर्न रोक लगायो

नेपाल ल्याउने भनिएको भ्याक्सिन भारत सरकारले निर्यात गर्न रोक लगायो

अखबार दैनिक
सोमबार, पुस २० २०७७
  • नेपाल ल्याउने भनिएको भ्याक्सिन भारत सरकारले निर्यात गर्न रोक लगायो

    नेपाल ल्याउने तयारी गरिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन भारतले निर्यातमा रोक लगाएको छ ।

    विश्वको सबैभन्दा ठूलो भ्याक्सिन निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोरोनाविरुद्धको भ्याक्सिन निर्यातमा भारतले रोक लगाएको हो ।

    भारतले हालैमात्र यो भ्याक्सिनको आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो। अक्सफोर्डको कोरोना भ्याक्सिनलाई बेलायत लगायत अन्य कैयौं देशले पनि अनुमति दिएका छन्।

    सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन निर्यातमा भारत सरकारले रोक लगाएको बताइएको छ । सिरम इन्स्टिच्युट अफ इन्डिया यो भ्याक्सिनको मुख्य आपूर्तिकर्ता हो।

    पहिले आफ्नो देशका नागरिकलाई सुरक्षित राख्न भन्दै सरकारले भ्याक्सिन निर्यातमा रोक लगाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताएका छन् ।

    गत साता भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय भ्याक्सिन निर्माता कम्पनी र सरकारी अधिकारीहरूसँग कुराकानी गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार