बिहीबार , साउन २१ गते २०८३

पार्टी एकता जोगाउन वामदेव गाैतमले देशव्यापी अभियान चलाउने

पार्टी एकता जोगाउन वामदेव गाैतमले देशव्यापी अभियान चलाउने

अखबार दैनिक
सोमबार, पुस २० २०७७
  • पार्टी एकता जोगाउन वामदेव गाैतमले देशव्यापी अभियान चलाउने

    नेपाल कम्युनिस्ट पार्टी नेकपा औपचारिक रूपमा विभाजन हुन मात्र बाँकी रहँदा उपाध्यक्ष वामदेव गौतम भने अझै पार्टी एकताकै पक्षमा उभिरहेका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले तल्लो तहसम्म बेग्लाबेग्लै बैठक र भेला गरिरहेका छन्। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा भंग गरेपछि नेकपा अनौपचारिक विभाजन भएको हो। तर, दुवै पक्ष अझै पार्टी विभाजनको जस लिन तयार छैनन्।

    पार्टी विभाजन भइसक्दासमेत उपाध्यक्ष गौतम भने पार्टी एकताको देशव्यापी अभियान चलाउने पक्षमा छन्। अझै पार्टी विभाजन भइनसकेको उनको धारणा छ।

    प्रतिनिधि सभा विघटनको विपक्षमा रहेको उनको तर्क छ। यसको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले र सर्वोच्चको फैसलाअघि वा पछि पनि एकता सम्भावना जीवित रहने उनले बताउँदै आएका छन्।

    पार्टी एकता जीवितै राख्न गाैतम संगठित रुपमै एकता अभियान बढाउने तयारी थालेका छन्। यो अभियान चलाउन प्राविधिक कामको तीव्र तयारी पारिएको उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताए। ‘अवधारणा पत्रहरू पनि पनि छाप्ने काम भइरहेको छ,’ उनले भने, ‘उहाँले (वामदेव) एकता अभियानका लागि देशभरबाट जोड्न आग्रह गरिराख्नुएकाे छ।’

    यस अभियानमा जोडिने हजारौँ कार्यकर्ता आइरहेका पनि उनले बताए। ‘पार्टी एकताका लागि एकता राष्ट्रिय अभियानको केन्द्रीय कमिटी निर्माण हुन्छ,’ उनले बताए। पार्टी एकताका लागि देशव्यापी रुपमा तयारी गरेर केही दिनमै कार्यक्रम घोषणा हुने उनले बताए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार