बिहीबार , साउन २१ गते २०८३

प्रचण्ड र माधवले राजनीतिबाट अवकाश लिंदा हुन्छः प्रभु साह

प्रचण्ड र माधवले राजनीतिबाट अवकाश लिंदा हुन्छः प्रभु साह

अखबार दैनिक
सोमबार, पुस २० २०७७
  • प्रचण्ड र माधवले राजनीतिबाट अवकाश लिंदा हुन्छः प्रभु साह

    नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले प्रचण्ड र माधव नेपाल म्याद सकिएको औषधि जस्तै भएको बताएका छन्। सोमबार सिरहाको गोलबजारमा नेकपा जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले माधव नेपाल, प्रचण्ड र नारायणकाजी श्रेष्ठ टेस्टेट नेता भएको र उनीहरुले आन्दोलनलाई अगाडि बढाउँछु भन्नु ‘गोरुले दूध दिन्छ भन्नु’ एउटै भएको टिप्पणी गरे।

    प्रचण्डले माओवादीको पहिचान छोडेको, माधव नेपालले एमालेको पहिचान बिगारेको र नारायणकाजीको कुनै पहिचान नै नबनाएको बताउँदै नेता साहले उनीहरूलाई अवकाश लिन सुझाव दिए। ‘प्रचण्डजी भन्नुहुन्छ, उहाँ माओवादीको नेता हो रे। उहाँ कुन माओवादीको कुरा गर्दै हुनुहुन्छ ? उहाँले त माओवादको यतिसम्म व्यापार गर्नुभएको छ कि माओवादी सिद्धान्त मात्र बेच्नु भएको छैन, उहाँले माओवादीको चुनाव चिह्न, माओको फोटो कस्तो हो भन्ने समेत बिर्सिसक्नुभएको छ।’

    माधव नेपालप्रति पनि कटाक्ष गर्दै उनले भने, ‘अर्का नेता हुनुहुन्छ, माधव नेपाल, उहाँ चुनाव हारेर प्रधानमन्त्री बन्ने, महाधिवेशनबाट हारेर अध्यक्ष बन्ने लालसाका कारण लामो इतिहास बोकेको एमालेको पहिचान बिगारिसक्नुभएको छ, ‘ नेता साहले भने, ‘नारायणकाजीको त कुरै नगर्नुस्, उहाँले न कुनै आन्दोलन गर्नुभएको छ न त चुनाव नै जित्नु भएछ।’

    उनले अरु थपे, ‘केही गर्न नसकेर यी नेताहरुले देशलाई नयाँ दिशा दिन्छु भन्नु मुहडा हाक्ने गोरूले बयललगाडा तान्छु भनेजस्तै हो। यिनका भ्रममा नपर्नुस्, यिनीहरू म्याद सकिएका औषधि हुन्, यसको प्रयोगले रियाक्सन मात्र हुन्छ,’ नेता साहले थपे, ‘त्यसैले म यति भन्न चाहन्छु, अब उहाँहरूलाई प्रयोग नगर्नुस्।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार