शनिबार, साउन २३ गते २०८३

एकता अझै कायम रहन सक्छ : उपप्रधानमन्त्री पोखरेल

एकता अझै कायम रहन सक्छ : उपप्रधानमन्त्री पोखरेल

अखबार दैनिक
सोमबार, पुस २० २०७७
  • एकता अझै कायम रहन सक्छ : उपप्रधानमन्त्री पोखरेल

    उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा गएको बताएका छन् । नेकपा सिरहाले सोमबार चोहर्वामा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा नेकपाका सचिवालय सदस्यसमेत रहेका पोखरेलले निर्वाचित प्रधानमन्त्रीलाई षडयन्त्रमुलक ढंगले घेराबन्दीमा पारेर काम गर्न नदिएकाले सरकारले बाध्यात्मक अवस्थामा संसद विघटन गरी जनतामा जाने निर्णय गरेको बताए ।

    उनले भने, ‘जनताको ६४ प्रतिशत मत पाएर निर्वाचित भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हातखुट्टा बाँधेर कामै गर्न नदिने, हरेक कुरामा लेनदेनको कुरा गर्ने, भागवण्डा खोज्ने मात्र काम भयो ।’ उनले जनता र राष्ट्रको हितमा काम गर्न खोज्दा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध आरोपपत्र तयार पार्ने, संसदमा अविश्वासको प्रस्ताव दर्ता गराउने, राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेजस्ता षडयन्त्र भएकाले ती सबै षडयन्त्रहरुलाई चिर्न सरकारले प्रतिनिधिसभा विघटनके निर्णय लिएको दावी गरे ।

    निर्वाचित प्रधानमन्त्रीलाई जनादेशअनुसार ५ वर्ष काम गर्न नदिएपछि ताजा जनादेशमा जाने अधिकार रहेको बताउँदै उनले निर्वाचनले लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने बताए । उनले प्रचण्ड–माधव समूह दुईवटा विषयमा सहमत भए अझै पार्टी एकता जोगिने दावी गरे । ‘प्रधानमन्त्रीविरुद्ध तयार पारिएको आरोपपत्र फिर्ता लिने र निर्वाचनमा जान तयार भए अझै पार्टी एकता कायम रहन सक्छ ।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार