बिहीबार , साउन २१ गते २०८३

इबोला र कोरोनाभन्दा बढी खतरनाक 'डिजिज एक्स' संक्रमण फैलिने चेतावनी

इबोला र कोरोनाभन्दा बढी खतरनाक 'डिजिज एक्स' संक्रमण फैलिने चेतावनी

अखबार दैनिक
मंगलबार, पुस २१ २०७७
  • इबोला र कोरोनाभन्दा बढी खतरनाक 'डिजिज एक्स' संक्रमण फैलिने चेतावनी

    कोरोनाभाइरस महामारीलाई रोकथाम गर्न विश्वभर खोप विकास भइरहेको बेला अझै बढी घातक नयाँ भाइरस फैलिन सक्ने चेतावनी जारी गरिएको छ। अफ्रिकी भाइरस इबोला पत्ता लगाउन सहायता गर्ने चिकित्सक जिन ज्याक्स मुएम्बे तामफुमले उक्त चेतावनी जारी गर्दै अब विश्वमा ’डिजिज एक्स’ फैलिने चेतावनी दिएका हुन् ।

    उनले डिजिज एक्स कोरोनाभाइरस भन्दा घातक हुने र यो भाइरस कोरोना भन्दा छिटो फैलिन सक्ने बताएका छन्। यसबाहेक उनले यस डिजिज एक्सबाट मृत्यु हुनेको संख्या इबोला भाइरसभन्दा ५० देखि ९० प्रतिशत बढी हुने चेतावनी दिएका छन्।

    एक अमेरिकी टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिँदै तामफुमले भने, ’ आज हामी यस्तो संसारमा छौं, जहाँ पटक पटक नयाँ भाइरसहरू देखापर्नेछ र यी नयाँ भाइरसहरू मानवताका लागि अझ बढी खतरनाक हुनेछन्। भविष्यमा कोरोना भन्दा खतरनाक र घातक भाइरसहरु देखा पर्नेछन् र यो अहिलेको भन्दा अधिक विनाशकारी हुनेछ।’

    समाचार माध्यम डेली मेलकाअनुसार कंगोको एक महिलामा डिजिज एक्सको लक्षण देखिएको अनुमान गरिएको छ। ज्वरो आएपछि उनले इबोला भाइरसको परिक्षण गरेकी थिइन्, जसको रिपोर्ट नेगेटिभ आएको छ। अहिले चिकित्सकहरुले उक्त महिला डिजिज एक्सकी पहिलो बिरामी हुन सक्ने अड्कलबाजी लगाइरहेका छन्।

    यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार वैज्ञानिकहरूले यो रोगको महामारी अझै एक परिकल्पना मात्र हो, तर यदि यो फैलियो भने यसले विश्वभर नै भयानक विनाश निम्त्याउनेछ। चिकित्सक तामफुमले सन् १९७६ मा इबोला भाइरस पत्ता लगाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार