बिहीबार , साउन २१ गते २०८३

संसद् विघटनविरुद्ध सडकमा आउन कांग्रेस र जसपालाई माधव नेपालको आग्रह

संसद् विघटनविरुद्ध सडकमा आउन कांग्रेस र जसपालाई माधव नेपालको आग्रह

अखबार दैनिक
मंगलबार, पुस २१ २०७७
  • संसद् विघटनविरुद्ध सडकमा आउन कांग्रेस र जसपालाई माधव नेपालको आग्रह

    नेकपा दाहाल-नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका संसद् विघटन गर्ने कदमविरुद्ध सँगै सडकमा आउन प्रमुख प्रतिपक्षी कांग्रेस र जनता समाजवादी पार्टीलाई आग्रह गरेका छन् ।

    संसद् विघटन असंवैधानिक भएको भन्दै जसपाले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले सनकका भरमा संसद् विघटन गरेकाले त्यसका विरुद्धमा सडक प्रदर्शनमा आउन आग्रह गरेका हुन् । ‘एकजनाको सनकको भरमा, एकजनाको गलत व्याख्याको आधारमा सिंगो मुलुक कुर्बान हुन सक्दैन । देशको भाग्य र भविष्य खाडलमा पार्न सकिँदैन । यो अधिनायकवादको विरुद्धमा मञ्चमा मात्रै होइन सडकमा पनि सँगसगै अगाडि बढौँ,’ उनको आग्रह थियो ।

    ओलीको कदमले संघीयता, गणतन्त्र, समावेशिता लगायतका उपलब्धि धरापमा परेकाले सडक संघर्षमा मिलेर जानुपर्ने नेपालको भनाइ थियो । प्रधानमन्त्री ओलीको मुखबाट देशभित्र र बाहिर के प्रभाव पर्छ भन्नेसमेत नसोची बोल्ने गर्दा आफूहरूको शीर झुक्ने गरेको उनले बताए। उनले आफैँले प्रस्ताव गरेको प्रधानमन्त्री अहिले घाँडो भएको पनि बताएका थिए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार