बिहीबार , साउन २१ गते २०८३

माधवजी ‘बा’ बन्न त ओली जस्तै सवैलाई आफ्नै छोराछोरीको व्यवहार गर्नुपर्यो नि : इश्वर पोखरेल

माधवजी ‘बा’ बन्न त ओली जस्तै सवैलाई आफ्नै छोराछोरीको व्यवहार गर्नुपर्यो नि : इश्वर पोखरेल

अखबार दैनिक
बिहीबार , पुस २३ २०७७
  • माधवजी ‘बा’ बन्न त ओली जस्तै सवैलाई आफ्नै छोराछोरीको व्यवहार गर्नुपर्यो नि : इश्वर पोखरेल

    उपप्रधानमन्त्री इश्वर पोखरेलले केपी ओलीलाई सवैले मन पराएर बा भन्दा छाती पिटिपिटी नरुन पूर्वप्रधानमन्त्री माधव नेपाललाई सुझाव दिनुभएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले बिभेद नगरी सवैलाई आफ्नै छोराछोरी जस्तै ब्यवहार गरेको कारण बा भनेको कारण ओली जस्तै ब्यवहार गर्न नेपाललाई उपप्रधानमन्त्री पोखरेलले सुझाउनु भयो ।

    ‘केपी ओलीलाई सबैले बा भन्छन, त्यो उहाँको ब्यवहारका कारणले भनिएको हो, यस्मा कसको के लाग्छ ? आफूले पनि सवैलाई त्यस्तै ब्यवहार गरे त भाइगो नि,’ नेकपा सिन्धुपाल्चोकले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘माधव नेपाललाई बा भन्दैनन, मलाई बा भन्दैन्, रिस गरेर भयो त ? बा बन्न त बाको जस्तो व्यवहार पनि गर्नुपर्यो नि, जसले बाको जस्तो व्यवहार गर्यो उसैलाई बा भने, हाम्रो के लाग्छ ।

    माधव नेपालले ओलीलाई बा भन्दा चित्त दुखाएको प्रसंग उठाउँदै पोखरेलले यस्तो भन्नुभएको हो । ‘भन्दा पनि लाज लाग्छ, कहिले बा भनेकोमा आलोचना गर्नुहुन्छ, कहिले ठूलो कुर्सीमा बस्यो भनेर आलोचना गर्नुहुन्छ, यी पनि आलोचना गर्ने विषय हुन् र ?’ पोखरेलले भन्नुभयो । नेकपा अहिले पनि फुटी नसकेको बताउँदै पोखरेलले प्रचण्डलाई पार्टीको काम गर्न कार्यकारी अध्यक्षको जिम्मेवारी दिएकोमा पार्टीको काममा ध्यान नदिएकोले त्यो जिम्मेवारी खोसिएको प्रष्ट पार्नुभयो । ‘वरिष्ठ नेताहरुको पद अहिले पनि यथावत नै छ, महाधिवेशन आयोजनाको लागि कमिटी विस्तार गरिएको मात्र हो, उहाँहरुलाई कारबाही गरिएको छैन’, उहाँले भन्नुभयो ।

    प्रचण्डले अध्यक्ष ओलीविरुद्ध पार्टी बैठकमा पेश गरेको अभियोग पत्र फिर्ता लिएर गल्ती स्वीकार गरेमा अझै पार्टी एकता हुनसक्ने जानकारी पनि उहाँले दिनुभयो । उहाँले अध्यक्ष र महासचिवले हस्ताक्षर गरेको केपी ओली नेतृत्वको नेकपा नै आधिकारीक पार्टी पनि प्रष्ट पार्नुभयो । ‘केपी ओलीले नेतृत्व गरेको नेकपा जहाँ हुन्छ, सूर्य चिन्ह पनि त्यही हुन्छ, सबैजना आउनुस, एकतावद्ध भएर अघि बढौं,’ पोखरेलले भन्नुभयो । नेकपामा पार्टी ठूलो भयो अब राम्रो हुने भन्ने अवस्था आएपछि बारम्बार हुँडलो हुने गरेको तितो यथार्थ उहाँले सुनाउनुभयो । तर हुँडलोकै बीचबाट पार्टी बढाइएको उहाँले जानकारी दिनुभयो ।

    ‘कुनैबेला सीपी मैनाली जस्ता नेताले अप्ठेरो पार्दा पनि पार्टी चल्यो, पूर्वमाओवादी र पूर्वएमालेसँग यस्ता धेरै अनुभव छन्, प्रतिकूलतासँग जुधेर पनि पार्टी अघि बढ्दै आएको छ,’ पोखरेलले भन्नुभयो ।उहाँले महाधिवेशनबाट निर्वाचित भएको कारण एकीकृत पार्टीको अध्यक्ष भएको मानिसलाई दिनका दिन अध्यक्ष छाड् भन्नु सान्दर्भिक नभएको भन्दै बिभाजनकारी समुह प्रचण्ड–माधव नै रहेको ठोकुवा गर्नुभयो ।

    ‘त्यतिमात्र होइन चुनावमा अबको प्रधानमन्त्री केपी ओली हो भनेर पाँच वर्षको लागि जनमत लिएको प्रधानमन्त्रीलाई अहिले नै प्रधानमन्त्री छाड, भरै नै छाड् भन्नु कत्तिको न्यायसंगत हो ?’, पोखरेलको भनाई थियो । सरकारले केही गरेन भन्नेलाई जवाफ दिँदै उहाँले केपी ओलीले सँधै सँधैको लागि नाकाबन्दी अन्त्य गरेको बताउनुभयो । अध्यक्ष हुने हो भने महाधिवेशन पर्खौँ, प्रधानमन्त्री हुने हो भने चुनाव पर्खौँ भन्दा त्यो पर्खने धैर्यता समेत प्रचण्डमा नभएको उहाँले बताउनुभयो ।

    केन्द्रीय कमिटी र स्थायी कमिटीले मन्त्रिमण्डल पुर्नगठनको लागि सर्वसम्मतिले पास गरेको कुरा समेत आफ्नो स्वार्थ अनुकुलका मानिस राख्न र हटाउन नपाएपछि प्रचण्डले अवरोध गरेको तथ्य पनि पोखरेलले खोल्नुभयो । प्रचण्ड जहाँ गयो त्यहाँ विभजान गरेर हिंड्ने स्वभावको भएको उहाँले बताउनुभयो । ‘म त्यहाँ गएँ, त्यो विभाज भयो, त्यस पछि त्यहाँ गएँ, त्यो पनि विभाजन भयो भनेर उहाँ सगर्व भन्नुहुन्छ’, पोखरेलले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार