शुक्रबार, साउन २२ गते २०८३

अन्ततः डोनाल्ड ट्रम्पले गरे हार स्वीकार, जनवरी २० मा शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न प्रतिबद्ध

अन्ततः डोनाल्ड ट्रम्पले गरे हार स्वीकार, जनवरी २० मा शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न प्रतिबद्ध

अखबार दैनिक
शुक्रबार, पुस २४ २०७७
  • अन्ततः डोनाल्ड ट्रम्पले गरे हार स्वीकार, जनवरी २० मा शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न प्रतिबद्ध

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः गत नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जित स्वीकार गरेका छन् । बिहीबार उनले बाइडन अमेरिकाको राष्ट्रपति बन्ने र आफ्नो ध्यान शान्तिपूर्णरुपमा शक्ति हस्तान्तरण गर्नु रहेको बताएका हुन् ।

    सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो सन्देश राख्दै उनले यस्तो बताएका हुन् । बुधबार ट्रम्पका समर्थकहरुले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै अमेरिकाको संसद् भवन क्यापिटल हिलमा हिंसात्मक प्रदर्शन गरेका थिए ।

    अमेरिकी संसद् भवन (क्यापिटल बिल्डिङ)मा हिंसा भएको २४ घण्टापछि उनको धारणा आएको हो । उनले भनेका छन्, ‘मैले अमेरिकी संसद् (क्यापिटल बिल्डिङ)मा भएको हिंसाबाट सुरु गर्न चाहन्छु । बाँकी अमेरिकीजस्तै म पनि उक्त हिंसाबाट उत्पन्न परिस्थितिप्रति दुखी छु । त्यहाँको सुरक्षा व्यवस्था शान्त पार्नका लागि मैले तत्कालै सुरक्षा फोर्स तैनाथ गर्न निर्देशन दिएको थिएँ ।’

    ट्रम्पले हिंसामा संलग्नहरु आफ्नो देशका नागरिक हुनै नसक्ने बताउँदै जसले कानुन तोडेका छन् उनीहरु कारबाहीको भागिदार हुनुपर्ने बताए ।

    ट्रम्पले व्यवस्थित सत्ता हस्तान्तरणको लागि तयार रहेको बताएका छन् । ट्रम्पले भनेका छन्, ‘नयाँ प्रशासनको शपथग्रहण जनवरी २० मा हुनेछ । मेरो ध्यान अहिले शान्त, व्यवस्थित र निर्बाधरुपमा शक्ति हस्तान्तरणमा केन्द्रित भएको छ ।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार