बिहीबार , साउन २१ गते २०८३

प्रधानमन्त्री ओली आज धनगढी जाने

प्रधानमन्त्री ओली आज धनगढी जाने

अखबार दैनिक
शुक्रबार, पुस २४ २०७७
  • प्रधानमन्त्री ओली आज धनगढी जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाने भएका छन्। आज धनगडीमा हुने विशाल पार्टी भेलालाई सम्बोदन गर्न प्रधानमन्त्री ओली प्रमुख वक्ताका रुपमा जाने भएका हुन् ।

    नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद भएपछि ओली र प्रचण्ड-नेपाल दुई भिन्न समूह क्रियाशील रहेका बेला प्रधानमन्त्री ओली धनगढी जान लागेका छन्।

    प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेपछि नेकपाभित्र विवाद चुलिएको थियो। जसको असर पार्टीभित्र परेको छ र दुई भिन्न समूह क्रियाशील छन्।

    प्रतिनिधि सभा भंग गरेपछि पहिलोपटक प्रधानमन्त्री ओली काठमाडौँ उपत्यकाबाहिर जान लागेका छन्।

    प्रधानमन्त्री ओली नेतृत्वको दलले सुदुरपश्चिममा बुधबार भेला गरेर प्रदेश कमिटीसमेत विस्तार गरेको थियो। सुदुरपश्चिमका ईञ्चार्ज भीम रावललाई कारवाही सिफारिस गर्दै प्रदेश कमिटी विस्तार भएको थियो।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली आज धनगढी जाने उल्लेख गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार