शुक्रबार, साउन २२ गते २०८३

प्रतिकुल मौसमका कारण प्रधानमन्त्रीको धनगढी उडान प्रभावित

प्रतिकुल मौसमका कारण प्रधानमन्त्रीको धनगढी उडान प्रभावित

अखबार दैनिक
शुक्रबार, पुस २४ २०७७
  • प्रतिकुल मौसमका कारण प्रधानमन्त्रीको धनगढी उडान प्रभावित

    प्रतिकुल मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको उडान प्रभावित भएको छ।

    शुक्रबार बिहान ८ बजेर १५ मिनेटमा काठमाडौँबाट हुने श्री एयरलाइन्सको विमानबाट प्रधानमन्त्री ओली धनगढी आउने कार्यक्रम तय भएपनि बाक्लो हुस्सुका कारण उडान प्रभावित भएको हो।

    श्री एयरलाइन्स धनगढीका प्रमुख गजेन्द्र शाहीले प्रतिकुल मौसमका कारण काठमाडौँबाट हुने उडान प्रभावित भएको बताए।

    ‘बिहान ८ बजेर १५ मिनेटमा हुने उडान मार्फत प्रधानमन्त्री ज्यू पनि धनगढी आउने कार्यक्रम थियो,’शाहीले भने,‘तर प्रतिकुल मौसमले उडान ढिलो हुने देखिन्छ। सम्भवः आकाश खुलेमा १० बजेसम्म काठमाडौँबाट उडान हुन्छ।’

    प्रधानमन्त्री ओली नेकपा सुदूरपश्चिमले आयोजना गरेको जनसभामा सहभागी हुन धनगढी आउने कार्यक्रम रहेको छ। प्रतिनिधिसभा विघटनपछि विभाजित भएको नेकपा ओली समूहले धनगढीमा जनसभा आयोजना गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार