बिहीबार , साउन २१ गते २०८३

धनगढी आमसभाबाट ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाउने पक्राउ

धनगढी आमसभाबाट ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाउने पक्राउ

अखबार दैनिक
शुक्रबार, पुस २४ २०७७
  • धनगढी आमसभाबाट ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाउने पक्राउ

    प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममा ‘निर्मलाको हत्यारा खै ? ’ लेखेको टिसर्ट लगाएर जाने युवालाई प्रहरीले पक्राउ गरेको छ।

    धनगढीमा शुक्रबार आयोजित ओली समूहको नेकपाको आमसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेको कार्यक्रममा कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका लागि न्याय माग्ने ८ जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

    आमसभामा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाएर गएका ८ जना युवालाई पक्राउ गरिएको कैलालीका डिएसपी प्रतीक विष्टले बताए।

    उनीहरुलाई सभास्थल पुगे लगत्तै प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पुर्‍याएको थियो।

    दिउँसो २ बजे पक्राउ परेका उनीहरुलाई प्रधानमन्त्री आमसभा स्थलबाट निस्के लगत्तै बेलुका ५ बजे छोडिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार