आइतबार, साउन २० गते २०८२

नामको मात्र अध्यक्ष भनेर चर्चा चल्नथालेपछी माधव नेपाल पहिलो वरीयताका अध्यक्ष

नामको मात्र अध्यक्ष भनेर चर्चा चल्नथालेपछी माधव नेपाल पहिलो वरीयताका अध्यक्ष

अखबार दैनिक
शुक्रबार, पुस २४ २०७७
  • नामको मात्र अध्यक्ष भनेर चर्चा चल्नथालेपछी माधव नेपाल पहिलो वरीयताका अध्यक्ष

    प्रचण्ड–नेपाल समूहमा माधवकुमार नेपाल पहिलो वरीयताका अध्यक्ष बनेका छन् । प्रचण्ड–नेपाल समूहले आलोपालो बैठकको अध्यक्षता गर्ने अन्तरिम विधानको व्यवस्थालाई कार्यान्वयनमा ल्याएसँगै नेपाल पहिलो वरीयताका अध्यक्ष बनेका हुन् ।

    images

    गत १९ पुसमा बसेको यो समूहको स्थायी कमिटी बैठक नेपालको अध्यक्षतामा बसेको थियो । आलोपालो बैठकको अध्यक्षता गर्ने, जसले अध्यक्षता गर्छ, उसैको वरीयतामाथि हुने व्यवस्था कार्यान्वयनमा आएपछि स्थायी कमिटीको अर्को बैठक नबसेसम्म अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भन्दा नेपालको वरीयता एक नम्बरमा भएको हो ।

    स्थायी कमिटीको बैठकको माइन्युटमा पनि नेपालको नाम एक र प्रचण्डको नाम दोस्रो नम्बरमा लेखिएको छ । दुवै अध्यक्षले वरीयताअनुसार नै माइन्युटिङमा हस्ताक्षर गरेका छन् ।

    स्थायी कमिटी सदस्य बेदुराम भुसालले पार्टीको पछिल्लो केन्द्रीय कमिटी बैठकले नै दुवै अध्यक्षको वरीयतासम्बन्धी निर्णय गरिसकेको जानकारी दिए । ‘केन्द्रीय कमिटी बैठकले नै उहाँहरूको वरीयतासम्बन्धि विषय टुंग्याइसकेको छ,’ भुसालले भने, ‘दुवै अध्यक्षको हैसियत समान हुनेछ, तर आलोपालो अध्यक्षताको प्रणाली लागू गरिएकाले जसको अध्यक्षतामा बैठक बस्छ, त्यतिवेला उसैको वरीयता माथि हुनेछ र अर्को बैठक नभएसम्म त्यही वरीयताले काम गर्नेछ ।’

    प्रचण्ड–नेपाल समूहले अवलम्बन गरेको यो प्रणालीअनुसार पार्टीका तल्ला कमिटीहरूले पनि दुवै अध्यक्षलाई एउटै कार्यक्रममा बोलाउँदा कसको वरीयता तलमाथि छ भनेर पहिला पहिचान गर्नुपर्नेछ । त्यसअनुसार कहिले प्रचण्ड त कहिले नेपाल वरीयतामा पहिलो नम्बरमा हुनेछन् । स्थायी कमिटीअघि ५ पुसमा बसेको केन्द्रीय कमिटी बैठक भने अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको थियो । अहिले नेपालको वरीयता एक नम्बर भए पनि अर्को बैठकमा भने आलोपालो प्रणालीअनुसार प्रचण्ड वरीयताको पहिलो नम्बरमा हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार