बिहीबार , साउन २१ गते २०८३

संसद विघटनको विरोधमा अनेरास्ववियूको बयलगाडा प्रदर्शन

संसद विघटनको विरोधमा अनेरास्ववियूको बयलगाडा प्रदर्शन

अखबार दैनिक
आइतबार, पुस २६ २०७७
  • संसद विघटनको विरोधमा अनेरास्ववियूको बयलगाडा प्रदर्शन

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरिएको बिरोधमा आज नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियूले देशका विभिन्न स्थानमा बयलगाडासहित जुलुस निकालिएको छ ।

    ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको र देशमा अस्थिरता निम्ताएको भन्दै नेकपा दाहाल-नेपाल समूहको अनेरास्ववियू निकट जिल्ला कमिटीले काठमाडौँ, ललितपुर,थापाथली, माइतिघर र उपत्यका बाहिर पनि धनगढी, विराटनगर लगायत ठाउँहरुमा प्रदर्शन गरेका छन्

    संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको प्रतिगामी कदम सच्याउन माग गर्दै उनीहरुले व्यंग्यत्मक शैलीमा बयलगाडामा ‘जाउँ है अमेरिका’ लेखिएको पोस्टर टाँसेर प्रदर्शन गरेका हुन् ।

    काठमाडौँको थापाथलीमा बयलगाडाको सांकेतिक प्रदर्शन गरिए पनि कैलालीसहित तराई मधेसका जिल्लाहरुमा भने गोरु र राँगाले तानेको वास्तविक बयलगाडा नै सडकमा निकालिएको थियो । त्यसमा ‘जाउँ है अमेरिका’ लेखिएको थियो ।

    धनगढीको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएको बताए ।

    प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै उक्त कदम सच्याउन प्रचण्ड-नेपाल समूहको अनेरास्ववियूको माग छ । तत्काल संसद् पुनर्स्थापित नभए कडा आन्दोलनमा उत्रिने अनेरास्ववियूले चेतावनी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार