बिहीबार , साउन २१ गते २०८३

कन्टेन्ट हुबहु कपी गरेको आरोपमा ‘कमेडी च्याम्पियन’ बाट एक प्रतिस्पर्धी निष्काशित

कन्टेन्ट हुबहु कपी गरेको आरोपमा ‘कमेडी च्याम्पियन’ बाट एक प्रतिस्पर्धी निष्काशित

अखबार दैनिक
सोमबार, पुस २७ २०७७
  • कन्टेन्ट हुबहु कपी गरेको आरोपमा ‘कमेडी च्याम्पियन’ बाट एक प्रतिस्पर्धी निष्काशित

    नेपालको पहिलो स्ट्याण्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ ले कन्टेन्ट चोरीको आरोपमा एक प्रतिस्पर्धीलाई निकालेको छ । सिरहाका तपेश्वर सिंहले कन्टेन्ट चेरी गरेको प्रमाणीत भएपछि उनलाई निकालिएको हो ।

    गोल्डेन की प्राप्त गर्दै सिधै टप २४ मा प्रवेश गरेका सिंहको ठाउँमा अक्जल पूजारीलाई टप २४ मा प्रवेश दिइएको छ । सिंहले एक भारतीयको कन्टेन्ट हुबहु कपी गरेको पाइएको छ ।

    कमेडी च्याम्पियनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ,‘कमेडी च्याम्पियन सिजन २ मा हालै भएको कन्टेन्ट मेल खान गएको विषयलाई लिएर कमेडी च्याम्पियन परिवार यो निर्णयमा पुगेको छ,“गोल्डेन की विजेता तपेश्वर सिंहको गोल्डेन की फिर्ता लिइँदै उहाँलाई टप २४ बाट निष्काशन गरिएको छ। उहाँको ठाउँमा अक्जल पूजारीलाई टप २४ मा प्रवेश दिइएको छ।” अरूबाट सिकौँ तर सिर्जना गर्दा नितांत आफ्नो होस्, त्यसले नै एक कलाकारको कलालाई सुन्दर र भिडबाट अलग बनाउँछ।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार